
पोखरा, ९ असार ।
लायन्स क्लब अफ हेमजाको आयोजनामा शनिवारदेखि चौथो अन्तर लायन्स फुटसल प्रतियोगिता शुरु भएको छ ।
कार्यक्रममा फुटबलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बौल्दै प्रमुख अतिथि पूर्व मल्टीपल काउन्सील चियर पर्सन प्रेम श्रेष्ठले लयान्स क्लबहरुबीचको भाइचारालाई कायम गर्न लायन्स क्लब हेमजाले महत्वपूर्ण कार्य गरेको बताए ।
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले फुटसल पनि फुटबलको विकासको एउटा पाटो भएकोले फुटबलको विकास गर्न यो प्रतियोगिता पनि कोषेढुंगा सावित हुने बताए । कार्यक्रममा लायन्स क्लब अफ हेमजाका सहसचिव सन्तमान श्रेष्ठ र सहकोषाध्यक्ष शिवप्रसाद पौडेलले पनि बोलेका थिए ।
हामी सेवा गछौं भन्ने लायनवादको नारा खेलकुदसँगै स्वास्थ्य बढाऔं भाइचार भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिता आइतवार सम्म चल्ने छ । पोखरा फुटसल एरिना गैह«ापाटन पोखरामा भएको उक्त प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल लायन्स क्लब अफ पोखरा ग्लोवल लेकसिटी र लायन्स क्लब अफ पोखरा सुन्दर नगरीबीच हुने छ ।
लायन्स क्लबबीच आपसी भाईचारा वृद्धि गर्दै क्लबको छविलाई उचो राख्दै छरिएर रहेको श्रोतलाईृ एकिकृत गरी सामाजिक सेवामा लगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लब अफ हेमजाका अध्यक्ष नवराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मोतिराज तिमिल्सिनाले स्वागत र सचिव हरिश्चन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।