
एजेन्सी ९ असार
रसियामा जारी फिफा विश्वकप अन्र्तगत बेल्जियमले ट्युनिसियालाई ५–२ को भारी गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकुले २ गोल गरेको खेलमा खेलको छैटौ मिनेटमा नै टिम कप्तान एडेन हेजार्डले टिमका लागि खाता खोलेका थिए । उनले पनि खेलमा ५१ औं मिनेटमा दोश्रो गोल गरे । खेलको ९० औं मिनेटमा मिकी बातुस्सायीले गोल गर्दै गोल संस्या पाँच पु¥याए ।
समुह जि अन्र्तगत सम्पन्न भएको खेलमा लुकाकुले १६ औं र दोश्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । उनको दुइ गोल संगै विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डे संग गोल संख्या बराबरी गरेका छन । रोनाल्डो र लुकाको समान चार गोल भएको छ ।
सम्पन्न खेलको १६ औं मिनेटमा ट्य्निसियाका डेलन ब्रोनले गोल गरेका थिए भने दोश्रो गोल दोश्रो हाफको अतिरिक्त समयमा वाहवी खाजरीले ट्युनिसियाका लागि सान्तवना गोल फर्काए । अफ्रिकी मुलुकल ट्युनिसियाको पराजय संगै विश्वकप बाट बाहिरिने छ भने बेल्जियमले १६ औं स्थानमा ठाँउ पक्का गरेको छ ।
क्रुसको गोलमा जर्मनीको जित, कोरियाको पराजय
साबिक विश्वकप बिजेता जर्मनीले स्वीडेनलाई २–१ ले हराए पछि दोश्रो चरणमा स्थान पक्का गरेको छ । स्वीडेनका लागि पहिलो हाफको ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै जर्मनीलाई दबाबमा राखेका थिए ।
तर खेलको दोश्रो हाफको ४८ औं जर्मनीका लागि मार्को रुयसले गोल फर्काउँदै बराबरी गरेका थिए भने खेलको अतिरिक्त समयमा टोनी क्रुसले जर्मनीका लागि गोल गर्दै १६ औं स्थानमा पु¥याए ।
समुह एफमा जर्मनी र स्वीडेनको समान ३–३ अंक रहेको छ भने मेक्सिकोको ६ अंक सहित माथी उक्लिएको छ । मेक्सीकोले दक्षिण कोरिया माथी २–१ गोल अन्तरले जित हासिल गरेको छ । यो पराजय संगै कोरिया अंक विहीन हुन पुगेको छ ।