चौथो सेव टू–ए साइड खुला भलिबल सम्पन्न

होम र कुन्दनको जोडीलाई उपाधि
काठमाण्डौं ९ असार ।

चौथो सेब टू ए साईड खुला भलिबल प्रतियोगिताको उपाधि होम पुन र कुन्दन शाहीको जोडीले जितेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा शनिबार भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा होम र कुन्दनको जोडीले २१–९ ले जितेपछि दोस्रो खेलमा पुनरागमन गर्दै मनवीर र सोवितको जोडीले १८–२१ ले आफ्नो पक्षमा पारेका थिए । निर्णायक सेटमा २१–१० को जित हासिल गर्दै होम र कुन्दनले ३५ उपाधिसहित ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

उपविजेता मनवीर र सोवितले २० हजार पुरस्कार पाए भने युवराज छन्त्याल र सन्तोष बुढाले वाकओभर दिएपछि तेस्रो स्थानमा प्रकाश शेरचन र ओमप्रकाश जिसीले जिते । उनीहरुले १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको मुख्य प्रायोजक सेव स्कुलका प्रधानअध्यापक युवराज थापाले पुरस्कार वितरण गरेका थिए ।

चार दिने प्रतियोगिताको उत्कृष्ट खेलाडी होम पुन घोषित भए । प्रतियोगितामा ५८ टिमले नकाउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close