पोखरामा विद्यालय स्तरिय छात्र–छात्रा फुटबल शुरु

असार ९,पोखरा
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार कास्की जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा विद्यालय स्तरिय छात्र छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमविक्रम रानाले प्रतियोगिताको उद्घाटन गर्दै स्वस्थ्य र सभ्य समाज निर्णाणका लागि खेलकुदको ठूलो महत्व रहने बताए ।

कार्यक्रमा एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले एन्फामा नयाँ टिम आएकोले अब नेपाली फुटबलको काया पटल हुने औल्याए । त्यस्तै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्गले एन्फा कास्कीको नयाँ कार्यसमितिले फुटबल विकासमा उल्लेख्य कार्य गर्ने विश्वास व्यक्त गर्दै समिति सहयोगका लागि तत्पर रहेको जनाए ।

आयोजक संघका अध्यक्ष मिलन गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक विश्व तण्डुकार र महासचिव रमेश कार्कीले बोलेका थिए ।

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आदर्शले प्रतिभा माविलाई ४–० गोलले पराजित गरेको छ । अर्को खेलमा बाल प्रभातले मेरि गोल्ड बोर्डिङ्ग स्कुललाई ३–२ गोलले पराजित ग¥यो । प्रतियोगितामा छात्रतर्फ ३८ तथा छात्रातर्फ ८ टिमले भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close