नेपालमा पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरु

पश्चिमाञ्चल क्षेत्रिय खेलकुल बिकास समितीले ग¥यो सुरुवात

पोखरा, १० असार
नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो ।

भलिबल र क्रिकेटका राष्ट्रिय खेलाडी द्वय मञ्जु गुरुङ र करण केसीलाई एक कार्यक्रमका विच पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरुवात गरिएको छ । विमा अन्र्तगत खेलाडीलाई स्वास्थ्य विमा वापत २५ हजार र दुर्घटना विमा वापत २ लाखको प्रिमियम वापतको रकम क्षेत्रिय खेलकुदले प्रदान गर्नेछ ।

पहिलो चरणमा क्षेत्रिय खेलकुदले यस क्षेत्रका ९ खेलका ४२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बिमा गरिने भएको हो । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीको सहयोगमा सबै खेलाडीको बिमा गरिने भएको हो ।

खेलाडीको स्वास्थ्य र जिवन विमाको शुभारम्भ गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले खेलाडीको बिमाका बारे धेरै पटक आवाज उठे पनि त्यो पुरा हुन नसकेको बताए । अध्यक्ष पौडेलले पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले सानो रुपमा सुरु गरे पनि यसलाई जिल्ला तह सम्म योजनागत ढङ्गले अगाडी बढाउने उद्घोष समेत गरे ।

अध्यक्ष पौडेलले राष्ट्रका लागि पदक ल्याउने खेलाडीहरु पटक–पटक घाइते हुँदा परिवार गुर्हानु पने समस्यालाई इंगित गर्दै भने –“अब खेल मैदानका लागि चउर् सम्माउने काम मात्रै होइन खेलाडीका समस्याहरु लाई प्राथमिकताका साथ हल गरिनु पर्छ ।” पूर्वाधार बिकास संगै खेलाडीको जिवनवृतीका सवाललाई पनि उत्तिकै ध्यान दिनु पर्ने कुरामा उनले जोड दिए ।

सो अबसरमा यूबा तथा खेलकुद मन्त्रालयका उपसचिब जर्नादन रिजालले आगामी आर्थिक वर्ष बाट मन्त्रालयले खेलाडी बिमा र जिवनवृतीका कुरा लागु गर्ने जानकारी दिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका डिबी नेपालीले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close