
एजेन्सी, ८ असार
रसियामा जारी विश्वकपमा फिलिप काउटिन्होहो गोल र नेयमारको गोलको मद्धतले समुह ई मा महत्वपूर्ण ३ अंक बटुलेको छ । ब्राजिलले यो जित संगै समुहमा ४ अंक सहित सबैभन्दा माथी उक्लिएको छ । खेलको निर्धारित ९० मिनेट सम्म कुनै गोल नभएको खेलमा काउटिन्हो र नेयमारले अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाईलाई दोश्रो चरणमा पु¥याएका थिए । रेफ्रीले निर्धारित समय पछि ७ मिनेट थप्दै खेल अगाडी बढाएका थिए । यो हार संगै कोष्टारिका विश्वकप बाट बाहिरिएको छ ।
पहिलो हाफमा कोष्टारिका संग ब्राजिल दबाबमा
रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा जारी पाँच पटक फिफा विश्वकप बिजेता ब्राजिल कोष्टारिका संग पहिलो हाफमा दबाबमा खेलेको थियो । तर फिफा विश्वकपमा स्विजरलैण्ड जस्तै यस पटक पनि ब्राजिलियन स्ट्राइकर नेयमार कोष्टारिकाको नजरमा थिए । पहिलो हाफमा उनलाई आधा दर्जन पटक कोष्टारिका खेलाडीले फाउल गरेको थिए । तर पहिलो हाफमा ब्राजिलका धेरै प्रयास खेर गए । उता कोष्टारिका एक पटक मात्रै अबसर पाएको थियो । खेलको १३ औं मिनेटमा शेल्सेबो हेजीको प्रहार बाहिरिएको थियो ।
भिएआरले धन्नै डुबायो ब्राजिललाई
कुनै गोल नभएको खेलको ७९ औं मिनेटमा कोष्टारिकाका डिफेन्सले नेयमारलाई लडाएपछि रेफ्रीले पेनल्टीले दिए पनि कोष्टारिकाका खेलाडीले प्रतिबाद गरेका थिए । रेफ्रीले तत्कालै भिएआरको सहयोग लिएका थिए । भिएआरले पेनाल्टीलाई खारेज गरेको थियो ।