
पोखरा, ८ असार
अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका मनाउने सन्दर्भमा शुक्रबार पोखरा बुद्धचोक स्थित सोसियल पब्लिक स्कुलले अन्तर सदनात्मक हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा आर्कीमिजिज हाउस प्रथम भएको छ भने न्युटन हाउस दोश्रो भएको छ । यसै गरि प्रतियोगितामा पाइथागोरस हाउस तेश्रो र आइन्ष्टाइन हाउसले सान्त्वना स्थान प्राप्त गरेको छ ।
बिजयी खेलाडीहरुलाई नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, विद्यालयका सहायक प्रिन्सिपल सिदार्थ शर्मा लगाएतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रम बिद्यालयका निर्देशक खिम गुरुङको अध्यक्षतामा भएको थियो । हाजिरी जवाफ प्रतियोगिता विभिन्न खेल सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोचक तथा ज्ञानवद्र्धक प्रश्नहरु सोधिएको थियो ।