
एजेन्सी असार ८
जारी विश्वकपमा अर्जेन्टिना क्रोसिया संग ३–० गोलले पराजित हुँदा स्तव्ध भएको छ । अर्जेन्टिनाका हजारौं सर्मथकहरुलाई निराश बनाएको खेलमा अर्जेन्टिनाको नक आउट चरणको यात्रा करिब करिब सकिएको छ ।
खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोश्रो हाफको ५३ औं मिनेटमा क्रोसियाका आन्टे रोबिचले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने ८० औं मिनेटमा लुका मोड्रिचले दोश्रो गोल थपे । खेलको इन्जुरी समय इभान रेकीटिचले तेश्रो गोल थप्दै अर्जेन्टिनालाई पहिलो चरणमा हारको स्वाद चखाए ।
अब अर्जेन्टिना दोश्रो चरणमा पुग्न आइसलैण्ड र नाइजेरियाको खेलमा निर्भर हुनु पर्ने भएको छ । यता गए राति नै सम्पन्न फ्रान्सका युुबा खेलाडी बाम्पेले ३४ औ मिनेटमा गोल गर्दै जित दिलाए ।
शुक्रबारको खेल
समुह ई को शुक्रबार पहिलो खेल साँझ ५ः४५ मा ब्राजिल र कोष्टारिका बिच हुँदैछ भने समुह डि मा राति ८ः४५ मा आइसलैण्ड र नाइजेरिया भिड्दैछन । त्यसैगरि राती ११ः४५ मा सर्बिया र स्विजरलैण्डको खेल हुनेछ ।