नेयमार ट्रेनिंगमा फिर्ता, उनी फिट छन–ब्राजील फुटबल महासंघ

एजेंन्सी ७ असार

रसियामा जारी विश्वकपमा ब्राजीलयन स्ट्राइकर नेयमार सम्पूर्ण रुपम फिट रहेको जनाइएको छ ।

सबै सर्मथक र शुभचिन्तक हरुलाई सन्देश दिंदै ब्राजिल फुटबल संघले स्टार प्लेयर नेयमार पूर्ण रुपमा स्वस्थ्य रहेको र ट्रेनिङमा समेत फिर्ता आएको जनाइएको छ । उनलाई खुट्टामा भएको चोटको कारण ट्रेनिङ गर्दा केही असहज भएको जनाइएको थियो ।

नेयमार अर्को खेल खेल्न सक्छन कि सक्दैनन भन्नेमा पनि आशंका रहिरहेको र शारिरिक क्षमता पनि धेरै कुरा उठीरहेको थियो । तर ब्राजिल फुटबल संघले उनको फिटनेशका बारेमा भएका आशंकाहरु मेटाउँदै खेलमा फर्कने जनाएको छ ।
फिफा विश्वकप २०१८ को समुह ई मा रहेको ब्राजिलले दोश्रो खेल शुक्रबार कोष्टारिका संग खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close