अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा मैत्रिपुर्ण बास्केबल सम्पन्न

पोखरा, ७ असार

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा पोखरामा बिहिबार मैत्रिपुर्ण बास्केटवल सम्पन्न भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजनामा पोखराको पृथ्बीनारायण क्याम्पसको बास्केटवल कोर्टमा भएको मैत्रिपुर्ण बास्केटवल प्रतियोगितामा भुपु खेलाडीहरुको समुह बिजयी भएको छ ।

भुतपुर्व अम्मरसिंह ब्याइज क्लब (ई.एस.ए.बी.सी) लाई ५–४ को स्कोरले भुपु खेलाडीहरुको टिमले जित हासिल गरेको हो । ईएस ए.बी.सीको तर्फबाट कृष्ण थापाको कप्तानीमा टोली मैदानमा उत्रिएको थियो भने संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङको कप्तानीमा भुपु खेलाडीहरुको टोली मैदानमा उत्रिएको हो ।

विजयी खेलाडीहरुलाई प्रदेश नम्बर ४ का सांसद मोहन रेग्मी, नेपाल ओलम्पिक कमिटिका सदस्य एवम नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम बहादुर गुरुङ, संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ, संघ कास्कीका अध्यक्ष ध्वज कुमार गुरुङ, निवर्तमान अध्यक्ष नेत्र बहादुर शेन, बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ लगायतले प्रमाणपत्र बितरण गरेका थिए ।

यसैबिच कास्की जिल्ला बास्केटवल संघका संरक्षक कर्णेंल जेपी क्रसको ९५ औं जन्म दिनको अवसरमा केट काटेर शुभकामना आदन प्रदान गरी उनको जन्मोत्सव मनाईएको कास्की जिल्ला बास्केबल संघ कास्कीका अध्यक्ष ध्वज कुमार गुरुङले बताए ।

त्यसै गरी शुक्रबार पोखराको बुद्धचोकमा रहेको सोसियल पव्लिक स्कुलमा खेलकुद सम्बन्धी हाजिर जबाफ प्रतियोगिता हुने भएको बिद्यालयका प्रवन्ध निर्देशक खिम बहादुर गुरुङले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close