विश्वकप २०१८ः उरुग्ये र स्पेनको जित

एजेन्सी–७ असार
विश्वकप २०१८ अन्र्तगत लुइस स्वारेजको एक मात्र गोलको मद्धतले उरुग्ये दोश्रो चरणमा प्रबेश गरेको छ ।

आफ्नो देशका लागि एक सय खेल खेलि रहेका स्वारेजले कर्नर प्रहारलाई २३ औं मिनेटमा हेड मार्फत गोल गर्दै विश्वकपमा उरुग्येलाई दोश्रो चरणमा स्थान पक्का गरेका हुन । साउदी अरयिबाको यो लगातार दोश्रो हार पछि पहिलो चरण बाट बाहिरिएको छ ।

यसै गरि राति सम्पन्न दोश्रो खेलमा स्पेनले एशियाली मुलुक इरानलाई १–० गोल अन्तरले पराजित गरेको छ । स्पेनका लागि डिएगो कोष्टाले ५४ औं मिनेटमा गोल गर्दै स्पेनका लागि पहिलो जित दर्ता गराएका हुन ।

बिहिबारको खेल
बिहिबार रसियामा तिन महत्वपूर्ण खेलहरु हुनेछन र साँझ ५ः४५ मा डेनमार्कर अष्ट्रेलियका बिच पहिलो खेल हुँदैछ भने राती ८ः४५ मा फ्रान्स र पेरुका बिच हुनेछ । आज हुने अन्तिम खेल अर्जेन्टिना र क्रोसियाका बिच हुँदैछ । पहिलो खेलमा आइसलैण्ड संग बराबरी खेलेको अर्जेन्टिना भने दबाबमा रहेको छ । उसले दोश्रो चरण पार गर्न खेल जित्नै पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close