चौथो सेब टु–ए साईड खुला भलिबल शुरु

काठमाण्डौं ६ असार
चौथो सेब टु–ए साईड खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा मुख्य प्रायोजक सेब स्कुल बिजयी शुरुवात गरेको छ ।
नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबमा  भएको खेलमा सेबका प्रदिप थापा र रोहण गुरुङको जोडिले कलाकारको टिम राजेन्द्र पुन र  रबि थापाको जोडिलाई १७–२१,२१–१७ र २१–१५ सेटमा हराउदै दोश्रो चरणमा प्रबेश गरेका छन् ।
त्यतै दिल सुनार र ज्ञानेन्द्र अधिकारीको जोडिले एपीएफका पुष्प जंग मल्ल र बलिराम चौधरीको जोडिलाई २१–१७ र २१–१६ को सोझो सेटमा हराए । पुलिसका तोरन ढकुरी र भिम दाहाको जोडिले ग्रेट गोरखाका राजेन्द्र गिरी र दिपेन्द्र श्रेष्ठको जोडिलाई २१–१५ र २१–१८ को सोझो सेटमा हराए ।
त्यस्तै कुमार पुर्जा र दिवेन्द्र सिरिषको जोडिले किस्मत घर्तीमगर र जित सुनुवारको जोडीलाई २१–९ र २१–७ को सोझो सेटमा हराए । राजेन्द्र दलामी मगर र कृष्णा गाहाले प्रदिप सेरचन र हरि पाण्डेको जोडिलाई २१–१६ र २२–२० को सोझो सेटमा हराए ।
महेन्द्र छन्त्याल र दिल छन्त्यालले पवन थापा र प्रदिप केसीको जोडिलाई २१–१० र २१–१२ को सोझो सेटमा हराए । हिमाल मगर र यवन मगरले राम बिक र लक्ष्मण बिकको जोडिमाथी १४–२१,२१–१९ र २४–२२ को रोमान्चक जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
साबाखुसी बोडिङ स्कुल(सेब)को मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको सेब स्कुलका प्रिन्सिपल युवाराज थापा र  सेब स्कुलकी डाईरेक्टर मधुमाया थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नकाउटका आधारमा असार ९ गते सम्म संचालन हुने प्रतियोगितामा ५६ टिमको सहभागिता रहको छ ।
प्रतियोगिताको  पुरुषतर्फतर्फको बिजेता खेलाडीले नगद ३५ हजार,उपबिजेताले २० हजार र तेश्रोले १० हजार  प्राप्त गर्ने छन् ।  महिलातर्फका बिजेता खेलाडीले नगद २० हजार,उपबिजेताले १० हजार र तेश्रो स्थान हात पार्नेले ५ हजार  प्राप्त गर्ने छन् । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन समारोहमा  आयोजकका अध्यक्ष मनबीर छन्त्याललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close