हङकङको ड्रागन बोट प्रतियोगितामा नेपाली टिमलाई उपाधी

एजेन्सी– ५ असार ।
हङकङमा सम्पन्न भएको ‘सन लाईफ अन्तर्रा्ष्ट्रिय ड्रागन बोट प्रतियोगिता’ मा नेपाली सहभागी टिमले उपाधी हात पारेका छन । उक्त प्रतियोगिता हङकङ स्थित पर्यटकीय स्थल स्टान्लीको समुद्रमा आयोजना भएकोे प्रतियोगितामा पहिलो पटकको सहभागितामा नै उपाधी पाएको हो ।

प्रतियोगिताको ओपन डिभिजन तर्फ नेपाली सम्मिलित जि क्लाड्स ड्रागनले सिल्भर कप तर्फ तेस्रो स्थान हासिल गरेका हुन । टिमले निर्धारित २ सय ७० मिटरको दुरी १ मिनेट १८.२८ सेकेन्डमा पार गरेको थियो । त्यसैगरी नेप्लिज ड्रागन्स टिमले सोही क्याटेगोरीमा १ मिनेट १८.३८ सेकेन्डमा पार गरी चौथो स्थान हासिल गरेको छ ।

ट्रफी उचालेपछि जि क्लाड्स कम्पनीका प्रबन्ध निर्देशक तथा रेसमा सहभागी प्याड्लर ग्यारी गुरुङले खुशी व्यक्त गर्दै पहिलो प्रयासमै ट्रफी उचाल्न पाएकोमा खुसी व्यक्त गरे । उनले जितले जोस बढाएको बताउँदै अर्को वर्ष च्याम्पियनसिप ट्रफी नै उचाल्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता जनाउने बताए ।

नेप्लिज ड्रागनका टिम क्याप्टेन विजय सुब्बाले पटक चौथो स्थानमा आएकोमा खुसी व्यक्त गर्दै अर्को वर्ष थप तयारी साथ प्रतियोगितामा उत्रने बताए । उनले गोर्खालीहरु युद्धमा मात्र नभएर हरेक कुरामा पोख्त रहेको प्रमाणित गरिदिने बताए ।

प्रतयोगितामा मिन्स डिभिजन ए, ओपन डिभिजन, मिक्स्ड, लेडिज र युनिभर्सिटी कपका लागि कुल २ सय ७१ टिमले गोल्ड, सिल्भर, ब्रोन्ज र बौल कपका लागि प्रतिस्पर्धा गरेका थिए । पहिलो रेसमा पहिलो र दोश्रो हुने गोल्डकप, तेस्रो चौथो र पाचौं स्थान लिने सिल्भर, छैटौं सातौं आठौं नवौं हुने ब्रोन्ज र बाँकी अन्तिम हुनेहरु बौल कपका लागि छानिने गर्दछन ।

प्रतियोगितामा १८ प्याड्लर, एक ड्रमर र एक स्टिरमैन गरी कुल बीस जनाको एक टिममा सहभागिता जनाउछन ।
स्मरिणय के छ भने पोखराको बेगनास र फेवातालमा यस्ता प्रतियोगिता आयोजन ागर्न सके खेल पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने देखिन्छ ।


स्रोतः नेपालखबरडटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close