
काठमाडौं ५ असार
ओलम्पिक डे २०१८ को अवसर पारेर कपन स्थित ह्याण्डबल मैदानमा सञ्चालन भएको राष्ट्रिय खुल्ला ह्याण्डबल प्रतियोगीताको फाइनलमा नेपाल आर्मी र शसस्त्र प्रहरी भिड्ने भएका छन ।
मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपाल आर्मीको बि टिमलाई एपिफले २७–१६ ले पराजित गरेको थियो । उक्त खेलको म्यान अफ द म्याच विमल भाट भएका थिए । दोस्रो खेलमा नेपाल आर्मीको ए टिमले कपन ह्याण्डल क्लबलाई २७–१३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको छ । उक्त खेलमा राजु पन्त म्यान अफ द म्याच घोषित भएका थिए ।
नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई, १२ का अध्यक्ष शम्भु भट्टराई , जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्री भट्टराई, नेपाल ह्याण्डबल संघका कोषाध्यक्ष मिठाराम अधिकारी, मुख्य प्रशिक्षक हिमाल दाहाल, लगायतका ह्याण्डबलकर्मी तथा खेलकर्मीहरुको उपस्थिती रहेको थियो । प्रतियोगीताको फाइनल खेल भोली ३ बजे हुने आयोजकले बताएको छ ।