फिफा विश्वकप हेर्न कास्की एन्फालाई टिकट

पोखरा, ५ असार
रसियामा जारी विश्वकप २०१८ हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई १० वटा टिकट पाएको छ ।

एन्फा कास्कीलाई १० बटा टिकट उपलव्ध भएपछि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ सहित पदाधिकारी खेल हेर्न जाने तयारी गर्दैछन । भ्रमण टोलीमा कास्कीका दुइ जना पत्रकार समेत रहने जनाइएको छ । एन्फा केन्द्रलाई फिफालाई उपलव्ध टिकट मध्ये एन्फा कास्कीलाई १० वटा टिकट उपलव्ध गराएको हो ।

एन्फा कास्की बाट जाने टोलीले फिफा विश्वकप २०१८ को दोश्रो चरणको खेल हेर्न अबसर पाउने छन । विश्वकप हेर्न जाने टिकट सहित भ्रमण खर्च भने आफैले बेर्होने छन ।

एन्फा केन्द्रमा नेतृत्व परिवर्तन भए संगै कास्कीलाइ यो अबसर प्राप्त भएको एन्फा कास्कीका अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close