
एजेन्सी– ५ असार ।
खेलको ७३ औं मिनेटमा कर्नर प्रहारलाई जापानिज स्ट्राइकर युया ओसाकाले हेड मार्फत गोल गर्दै जापानले विश्वकपमा कुनै पनि एशियाली मुलुकले दक्षिण अमेरीकी मुलुकलाई जितको रेकर्ड बनाएको छ । यो खेलको दोश्रो गोल थियो ।
रसियामा जारी विश्वकपमा खेलको तेश्रो मिनेटमा नै कार्लोस सान्चेजले डि बक्स भित्र जापानी प्रहारलाई सोझै हातले रोके पछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । जापानले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सान्जा कावागाले जापानलाई अग्रता दिएका थिए ।
१० जना खेलाडीमा खुम्चिएको कोलोम्वियाले खेलमा आफ्नो उत्कृष्ट इतिहास दो¥हाउँदै ३९ औ मिनेट डि बक्स बाहिर पाएको फ्रि किकलाई गोलमा परिणत गर्न सफल रह्यो । उक्त गोल कोलोम्वियाका लागि जुआन फर्नान्डोले गरेका थिए ।
समुह एच अन्र्तगत बलियो मानिएको कोलोम्बिया माथी जापानले २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
सेनेगल द्वारा पोलेण्ड पराजित
मंगलबार नै सम्पन्न दोश्रो खेलमा दक्षिण अफ्रिकी राष्ट्र सेनेगलले युरापेली मुलुक पोलेण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पोलेण्डका डिफेन्डर थियागो सियोनेकले ३७ औं मिनेटमा आत्मघाती गोल गर्दा सेनेगलले खेलमा अग्रता लिएको थियो । यसै गरि खेलको ६० औं मिनेटमा एमबोइ नियाङले दोश्रो गोल गर्दै पोलेण्डलाई खेल अबधीभर दबाबमा राखेको थियो । खेलको ८६ औं मिनेटमा ग्रेग्रोज क्रिचोवियाकले पोल्यान्डलाई फ्रिकिकमा हेडिङ गोल गर्दै खेलमा फर्काउन खोजेका थिए ।
आयोजक राष्ट्रको सनसनिपूर्ण जित
फिफा विश्वकप २०१८ को आयोजक राष्ट्र रसियाले इजिप्ट माथी ३–१ गोल अन्तरले सनसनिपूर्ण जित निकाल्दै समुह चरणमा सबैभन्दा माथी उक्लिएको छ । आयोजक रसियाले समुह ए मा दुइ खेल जित्दै ६ अंक बटुलेको छ ।