
पोखरा, ५ असार
अन्तर्राष्ट्रिय ओलोम्पिक दिवश मनाउने क्रममा राजधानी काठामाडौ र पोखरामा बिबिध खेलकुद गतिविधीहरु सुरु भएका छन ।
नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङको संयोजकत्वमा सुरु भएका खेल गतिबिधीमा ह्याण्डबल, बास्केटबल, चेस, हाजिरी जबाफ प्रतियोगिता लगाएत रहेका छन ।
दिवश मनाउने क्रममा मंगलबार बाट काठमाडौमा पुरुष खुल्ला ह्याण्डबल प्रतियोगिता सुरु भएको नेपाल ह्याण्डबल संघका अध्यक्ष समेत रहेका गुरुङले बताए । यसै गरि काठमाडौमा महिला ह्याण्डबलका विभागिय क्लबका दुइ उत्कृष्ट टिम नेपाली सेना र शसस्त्र प्रहरीका बिच पर्दशन खेल समेत हुने भएको छ ।
यसै गरि पोखरामा १९ वर्ष मुनि महिला ह्याण्डबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताकी संयोजक पुष्पा श्रेष्ठका अनुसार प्रतियोगिता असार ६ गते हुनेछ । प्रतियोगितामा पाँच महिला टिमको सहभागिता रहेको उनले बताइन ।
यसै गरि कास्की जिल्ला बास्केटबल संघले भेट्रान बास्केटबल प्रतियोगिता ७ गते हुने भएको संघका अध्यक्ष ध्वज कुमार गुरुङले बताए ।
यसै गरि जेठ ८ गते लेखनाथ विभुती मावी रामबजारले आफ्नो विद्यालय हातामा ह्याण्डबल प्रतियोगिता गर्ने भएको प्रिन्सिपल श्रीकृष्ण अधिकारीले बताए ।
दिवश मनाउन बुद्धचोक स्थित सोसियल पव्लिक स्कुलले हाजिरी जबाफ प्रतियोगिता संचालन गर्दैछ भने माउन्ट अन्नपूर्ण माबी नदिपुरले बिद्यालय स्तरिय चेस प्रतियोगिता र एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गर्दै कसमस इन्टरनेशनल कलेज पालिखे चोकले चेस प्रतियोगिता गर्ने भएको छ ।
पोखरामा आयोजना हुने सबै कार्यक्रमहरुको संयोजन भूतपूर्व खेलाडी मंच नेपालले गर्ने भएको छ । नेपालमा जेठ ३ गेत देखि ९ गते सम्म विविध कार्यक्रम गरि साताव्यापी यो दिवश मनाउने कार्यक्रम तय भएको छ ।