
केशब पाठक
पोखरा, असार ५
कास्कीको खेलकुद नेतृत्व समहालेको तिन वर्ष भयो । उनले यो समयमा धेरै आरोह अवरोह पार गरे । खेलकुदको बिकासका लागि अविछिन्न रुपमा अगाडी बढनेमा उनी एक हुन । ४८ वर्षिय याम गुरुङ भलिबल संघका केन्द्रिय प्रथम उपाध्यक्ष समेत हुन उनले कास्कीको खेलकुद सम्हाली रहँदा कास्कीको खेलकुद बिकासले खासै गति लिन सकेको थिएन । उनको सरल स्वभाव र स्पष्ट अडानका साथ प्रस्तुत हुने बानीले पनि कास्कीको खेलकुद अघि बढ्ने मौका पायो ।
राष्ट्रिय खेल भबिबल खेलको नेतृत्व संगै कास्की जिल्लाको खेलकुदलाई सम्हालिरहँदा उनलाई धेरैले भलिबल प्रेमीको उपमा नभिराएका पनि होइनन । तर उनलाई अरु कुरा सुन्नलाई खासै फुर्सद पनि छैन । उनी कास्कीको खेलकुदलाई बिकासको मार्ग चित्र कोर्न उनी संधै व्यस्त रहन्छन । रंगशाला छिर्ने वित्तिकै सडकको धुलोले सेत्याम्मे हुने अवस्थालाई पोखरा लेखनाथ महानगर पलिका संग मिलेर सडक पिच गर्ने देखि लिएर करौडौ बजेटका खेलकुद बिकास कार्यहरु उन कै नेतृत्वमा सम्पन्न हुने तरखरमा छन ।
खेलकुद बिकासका लागि खुलेर काम गर्दा पनि उनले समय समयमा धेरै बाधा अडचन बेहोर्नु परेको कुरालाई सबै संग ढुक्क संग पोख्छन । त्यती मात्र होइन लामो समय देखि रंगशालाको बिकासमा बाधक बनेको ड्राइभिङ हटाउँदा मुद्धा समेत खेप्नु परेको पिडा उनको जिवनमा संधै तिखो काँडाले घोच्ने विषय बनेको छ ।
बेलायती लाहुरेका छोरा याम लाहुरे बन्ने सपना नबुनेका पनि होइनन । तर कक्षा ८ पढ्दा खेरी नै उनलाई भलिबलको मोेहले यसरी छोयो कि त्यो नेतृत्व सम्हालिरहँदा त्यो छाप जस्ताको तस्तै छ । उनले खुलेर भन्छन–“जुन देखि भलिबलको मोहले यसरी छोयो कि त्यो दिन देखि चार पिरियड भन्दा बढी कहिल्यै कक्षामा बसियन ।”
भलिबलका पूर्ब राष्ट्रिय खेलाडी उनी नेपाल भलिबल संघका प्रथम उपाध्यक्ष समेत हुन । नेपाल प्रहरीमा भलिबल प्रशिक्षकको करिब ४ वर्षे जागिरे जिबन काल होस या राष्ट्रिय टिम बाट भलिबल खेलको अनुभबले उनलाई खेलकुदको नेतृत्व गर्न सहज बनायो । यामले खेलकुदको नेतृत्व गरिरहँदा चिन, वंगालादेश लगाएत अन्य मुलुक गर्ने अबसर पाएका छन । त्यो अबसरले पनि उनलाई धेरै कुरा सिक्ने मौका मिलेको उनी बताउँछन ।
यामको पहिलो पनि ध्यान दिने विषय भनेको खेलाडी, प्रशिक्षक र निर्णायकले पाउने सेबा सुबिधा पनि हो । “जमाना त्यो रहेन, हामी जस्तो खालि खुट्टा खेल्ने, अब सेबा सुबिधा नदिने हो खेलकुदमा अव्वल खेलाडी पाउन सकिन्न” उनको स्पष्ट बुझाइ छ । खेलकुद संगै शिक्षालाई प्राथमिकता दिने र सुबिधा बढाउने कुरामा राज्यको ध्यान पुग्नु पर्नेमा उनको ठम्मयाइ छ । उनी भन्छन–“हामी सेबा सुबिधा बढाउने कुरामा धेरै संघर्षरत छौ ।”
यामले कास्की जिल्ला खेलकुदको करिब तिन वर्षे कार्यकालमा पोखरा रंगशाला भित्रको पूर्वाधार बिकास संगै कास्कीका धेरै खेल मैदानहरुमा बिकासको किरण पुगेको छ । उनको खेलप्रती सर्मपणको भावना खेल मैदान बाटै सुरु भएकोले पनि ति खेल मैदानहरु सुबिधा सम्पन्न वा त्यो नभए पनि खेल्ने लायक बनाउने कुरामा उनी जोड दिन्छन । त्यही भएर पनि कास्कीको ढिकुरपोखरीको खेल मैदान, भिच्चुकको भलिबल खेल मैदान, माछापुच्छ«े ६ को फुटबल मैदान, हेम्जा, मालेपाटन, तिगलाङ्गको फुटबल मैदान, लेखनाथको बहुउद्धेयिय कभर्डहल, भुर्जुङ तातोपानीको भलिबल मैदान, भलाम भलिबल खेलमैदानको सुधार लगाएत उनको कार्यकालका दर्जनौ महत्वपूर्ण कार्यहरु हुन ।