
एजेन्सी– ५ असार
इङलैण्डका हेरी केनले खेलको पहिलो हाफको ११ औ र खेलको अन्तिम इन्जुरी समयमा गोल गरे पछि समुह जि चरणमा तिन अंक प्राप्त गरेको छ ।
केनले ११ औं मिनेटमा केनले अग्रता दिए पनि खेलको ३५ औं मिनेटमा ट्युनिशियाले पेनाल्टीलाई सदुपयोग गर्दै खेलमा फर्केको थियो । ट्युनिशियाका लागि फर्जानी शसीले पेनाल्टी प्रहार गरेका थिए ।
यसै गरि बेल्जियमले पहिलो पटक विश्वकप खेल्दै गरेको पानामालाई ३–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमेलु लुकाकुले दुइ गोल गरेका थिए भने ड्रिज मर्टेन्सले एक गोल गरे ।
मंगलबारको खेल
सुमह एच चरणको कोलोम्बिया र एशियन राष्ट्र जापानका बिच साँझ ५ः४५ मा पहिलो खेल हुँदैछ भने राति ९ः४५मा पोलेण्डले सेनेगलको सामना गर्दैछ ।
त्यसै गरि समुह ए मा राती ११ः४५ मा आयोजक राष्ट्र रसियाले इजिप्ट संग खेल्दैछ । रसियाले उदघाटन खेलमा साउदी अरबियालाई पराजित गर्दै तिन अंक बटुलेको छ ।