विश्वकपः कोरिया स्वेडेन संग पराजित

एजेन्सी,४ असार – रसियामा जारी २१ औं विश्वकप अन्र्तगत समुह एफ को खेलमा कोरिया स्वेडेन संग १–० गोल अन्तरले पराजित भएको छ ।

खेलको पहिलो क्षण बाट नै खेलमा कोरियालाई दबाबमा राख्दै आएको थियो । स्वेडेनले ६५ औं मिनेटमा पाएको पेनल्टीका माध्यम बाट कप्तान एन्ड्रियास ग्रानक्विष्टले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । स्वेडेनका खेलाडीलाई डि बक्समा लडाए पछि रेफ्रीले भिएआर मार्फत स्वेडेनलाई पेनल्टीको अबसर दिएका थिए ।

गु्रप एफ मा मेक्सीको र स्वेडेनले समान ३ अंक बटुलेका छन भने जर्मनी र कोरिया आ–आफ्नो खेलमा पराजित हुँदै अंक बिहिन छन ।

मंगलबार सुमह जि अन्र्तगत राति ८ः४५ मा बेल्जियमले पानामाको सामना गर्दैछ भने राति ११ः४५ मा इङ्गलैण्ड र ट्युनिशिया भिड्दै छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close