फुटबलको बिकासमा लागेको संस्थामा राज्यको आँखा पुगेन

कृष्ण अन्जान ज्ञवाली
पोखरा, ४ असार ।
साबिक हेम्जा गाउं विकास समिती र हालको पोखरा लेखनाथ महानगर पालिका वडानं २५ हेम्जा फुटवलको क्षेत्रमा उर्वर भुमि हो । यहाँ वाट धेरै राम्रा फुटवल खेलाडि उत्पादन भइ सकेकाछन र अझै आशलाग्द खेलाडीहरु तयार हुंँदै छन । पछिल्लो चरणमा पनि हेम्जाका खेलाडीहरु क्षेत्रिय र राष्ट्रीय फुटबल खेल्दै आइरहेका छन ।

हेम्जामा स्थानिय विष्णुपादुका क्लब यो क्षेत्रका स्थापित क्लब मानिन्छ मुख्यतया हेम्जाको कृषि उपज आलु खेतिको प्रवद्र्धन र फुटवलको विकासमा यो क्लव लागेको छ । विष्णु पादुका क्लबले सञ्चालन गरेको बिष्णु पादुका फुटवल एकेडेमिमा स्थानिय १ सय १० जना विभिन्न उमेरका समुहका खेलाडिहरुले प्रशिक्षण लिइ रहेको क्लवका अध्यक्ष रमेश कार्किले बताए ।

यहि विष्णुपादुका खेल मैदान हो जस्ले धेरै राष्ट्रयि र अन्तराष्ट्रिय खेलाडि जन्माइ सकेको छ । नेपालको तर्फवाट पहिलो अन्तराष्ट्रिय गोल हान्ने हालका एन्फा उपाध्यक्ष तथा बरिष्ठ फुटवल खेलाडी कृष्ण थापा पनि हेम्जाली हुन । उनले राष्ट्रिय, बिभागिय र विभिन्न राष्ट्रिस्तरका क्लबहरुमा प्रशिक्षण दिएका छन । बिष्णुपादुका क्लव पुनःथापा जस्तै खेलाडि उत्पादन गर्ने अभियान जुटेको अध्यक्ष कार्कीको भनाइ छ ।

यो महत्वाकांक्षी योजना शुरु गरेको करिव २ वर्ष बितीसकेको छ तर राज्यको कुनै सहयोग यो बिष्णुपादुका फुटबल एकेडेमिलाइ छैन । स्थानिय जनता साथै वैदेशिक रोजगारिमा रहेका स्थानिय शुभचिन्तकको आर्थिक सहयोग बाट नै यो एकेडेमी चलेको छ । तर यस पटक यहि निर्वाचन क्षेत्र वाट विजयी बनेका युवा तथा खेलकुद मन्त्रि रहेकाले पनि यो एकेडेमिका लागि केहि हुन्छकी भन्ने आशामा क्लवका पदाधिकारी रहेका छन ।

अत्यन्तै सिमीत भौतिक सामाग्री, सानो र अव्यव्स्थीत खेल मैदान र आर्थिक अभावका बिच पनि प्रशिक्षण भने जारी छ । यसै खेल मैदानमा प्रशिक्षण लिएका बिष्णु पादुका क्लवका खेलाडि हरुले यो क्षेत्रमा सयौं प्रतियोगिता जितेका समेत छन । ‘यो क्षेत्रको पहिलो वाग्लुङ्ग गोल्ड कप जित्ने खेलाडि पनि यो क्लवका खेलाडी नै हुन तर सिमीतता भित्र क्लवले आफुलाइ जेनतेन धानेका छौं’–बिष्णुपादुका एकेडेमिका प्रशिक्षक सुबिन श्रेष्ठले बताए ।

खेलाडि राष्ट्रका गहना हुन राम्रा खेलाडि उत्पादन गर्न सके देशको शान पनि वढ्छ त्यसैले यसरि आर्थिक भौतिक अभाव संग जुधिरहेर पनि आफ्नो अभियान चलाइ राखेका बिष्णुपादुका क्लव जस्ता संस्थाहरु प्रति राज्यले केहि सोच्ने हो की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close