
एजेन्सी, ४ असार– साबिक विश्वकप उपाधी बिजेता जर्मनीलाई पहिलो चरणको खेलमा मेक्सीकोले स्तब्ध पारेको छ । मेक्सीको संग समुह चरण एफ अन्र्तगतको खेलमा जर्मनी मेक्सीको संग पराजय बेर्होन बाध्य भएको हो ।
खेलको पहिलो हाफको ३५ औं मिनेटमा मेक्सिको हिर्भिङ लोजानेले गोल गर्दै विशवकपमा पहिलो चरण अन्र्तगत टिमलाई अग्रता दिएका थिए । जर्मनी खेलको पुरै समय सम्म पनि खेलमा फर्कन सकेन र उसले मेक्सिकोलाई महत्वप्रर्ण ३ अंक सुम्पन बाध्य भयो ।
यसै गरि विश्वकपमा धेरै अपेक्षा गरिएको मध्ये ब्राजिल समेत स्विजरलैण्ड संग अंक बाड्न बाध्य भएको छ । खेलको २० औं मिनेटमा ब्राजिलले स्विजरलैण्ड बिरुद्ध गोल गर्न सफल रहे पनि त्यो खेलको अन्त्य सम्म जोगाउन सकेन ।
ब्राजिलका फिलिप काउटिन्होले ब्राजिलका लागि अग्रता दिएका थिए तर खेलको ५० औं मिनेटमा स्विजरलैण्डका स्टेभेन जुबेरले गोल गर्दै ब्राजिललाई अंक बाड्न बाध्य पारेका थिए ।
यसै गरि सम्पन्न अर्को खेलमा सर्बियाले कोष्टारिका लाई १–० गोलले पराजित गरेको छ ।