सेब टु–ए साईट खुला भलिबल असार ६ देखि

काठमाण्डौं ३ असार
सेब टु–ए साईड खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता असार ६ देखि शुरु हुने भएको छ । सामाखुसी बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगिताको चौथो संस्करणमा ४८ टिमको सहभागिता रहने मुख्य प्रायोजक सेब स्कुलका प्रिन्सिपल युवाराज थापाले आईतवार पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रिन्सिपल थापाका अनुसार पुरुष तर्फका बिजेता खेलाडीले नगद ३५ हजार,उपबिजेताले २० हजार र तेश्रो स्थान हात पार्नेले १० हजार प्राप्त गर्ने छन् । महिलातर्फका बिजेता खेलाडीले नगद २० हजार,उपबिजेताले १० हजार र तेश्रो स्थान हात पार्नेले ५ हजार प्राप्त गर्ने छन् ।

पत्रकार सम्मेलनमा आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्यालले प्रतियोगितालाई भब्य बनाउन पाँचौ संस्करण देखि पुरुष बिजेता टिमले २ थान मोटरसाईकल र महिलातर्फको बिजेतालाई दुई थान स्कुटर पुरस्कार राखीने समेत घोषणा गरे ।

नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबमा संचालन हुने प्रतियोगिता असार ९ गते सम्म संचालन हुने छ । पत्रकार सम्मेलनमा सेब स्कुलकी डाईरेक्टर मधुमाया थापा, आयोजक क्लबका उपाध्यक्ष किरण घायल लगायतको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close