
पोखरा, ३ असार
विश्वकव फुटबल अन्र्तगत आइतबार तिन वटा खेलहरु मस्को स्थित विभिन्न रंगशालामा हुँदैछन । तिन खेल मध्ये समुह ई अन्र्तगतको पहिलो खेल कोष्टारिका र सर्बियाका बिच हुँदै छ । उक्त खेल नेपाली समय अनुसार ५ः४५ मा सामोरा एरिनामा सञ्चालन हुनेछ ।
त्यसै गरि अर्को रोमाञ्चक खेल जर्मनी र मेक्सीको बिच ८ः४५ मा हुनेछ । लुजनिकी स्टेडियममा सञ्चालन हुने यस खेलले विश्वका अधिंकाश फुटबल प्रेमीहरुको ध्यान खिच्नेछ । उपाधी रक्षाका लागि जर्मनीले लिने रणनिती र पहिलो खेल बाट अंक बटुल्ने दाउमा रहेको मेक्सीको खेल रोमाञ्चपूर्ण रहने विश्लेषकको दावी छ ।
आजको अन्तिम खेल ब्राजिल र स्विजरलैण्ड बिच राति ११ः४५ बजे रोस्तोभ रंगशालामा हुनेछ ।