
२ असार
पहिलो पटक विश्वकपमा उत्रिएको आइसल्याण्ड र साविक विश्वकप उपबिजेता अर्जेन्टिनाको खेल बराबरीमा सकिएको छ ।
खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका सर्जियो अगुएरोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले उक्त गोल मार्कोस रोहोको पासमा गरेका थिए । तर खेलको चौबिसौ मिनेटमा आइसल्यान्डलका स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल फर्काउँदै अर्जेन्टिनालाई स्तब्ध पारे ।
खेलको ६४ औं मिनेटमा भने अर्जेन्टिनाले पेनाल्टी पाउंदै खेलमा अग्रता लिने अवसर पाए पनि कप्तान लियोनल मेस्सीको प्रहारलाई आइसल्यान्डका गोलकिपर हालडोर्सनले रोक्दै अन्ततः अर्जेन्टिनालाइ्र्र खेलमा अंक बाड्न बाध्य पारे ।
यसै गरि शनिबार नै सम्पन्न पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।