ओलोम्पिक दिवश मनाउन पोखरामा महिला भलिबल

पोखरा, २ असार
नेपाल भलिबल संघले ‘ओलोम्पिक डे’ मनाउन पोखरामा नेपालका दुइ बिशिष्ट क्लब शिवम न्यू डायमण्ड र शसस्त्र प्रहरीको एपिएफ बिच मैत्रीपूर्ण महिला भलिबल खेलको आयोजना गरेको छ । हालै सम्पन्न राष्ट्रिय वाणिज्य बैंक महिला लिगका बिजेता र उपबिजेतका बिच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

दुइ दिन देखि पोखरामा लगातार वर्षका कारण प्रतिकुल रहेको मौसममा खेल सुरु गरिएको थियो । खेल भइरहँदा समेत वर्षाले खेल अवरुद्ध पारेको थियो । राष्ट्रिय महिला खेलाडीले भरिएका दुबै टिमको खेल हेर्न उपस्थित दर्शकलाई वर्षाले निराश बनाएको थियो । दुबै टिमको खेल पनि उत्तिकै उत्तेजक र रोमाञ्चक पनि रह्यो ।

सम्पन्न मैत्रीपूर्णखेलमा एपिएफले ३–२ सेटमा हराउँदै मैत्रीपूर्ण खेल आफ्नो पक्षमा पारेको छ ।

सम्पन्न खेलमा न्यू डायमण्डले एपिएफलाई पहिलो सेटमा आफ्नो दबदबा कायम राख्दै पहिलो सेट २५–१७ र दोश्रो सेट २५–२० स्कोरले रोके पनि एपिएफ खेलमा फर्किदै तेश्रो सेट २५–२० र चौथो सेट २५–१६ को स्कोरले आफ्नो पक्षमा पार्न सफल रहेको थियो ।

पाँचौ तथा अन्तिम सेटमा संघर्षपूर्ण खेलमा एपिएफले १५–१३ को अंकमा न्यू डायमण्डलाई पाखा लगाउँदै आफू उत्कृष्ट नैरहेको प्रमाणित पनि गरेको छ ।

खेललाई पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिशीले उद्घाटन गरेका थिए । सो अबसरमा मेयर जिशीेले नेपाल भलिबल संघले पोखरामा ओलोम्पिक डे मनाउन महिला भलिबल खेलको आयोजना गरेर पोखराको शान बढाउन सहयोग पु¥याएको बताए ।

नेपाल भलिबल संघका उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिब जितेन्द्र बहादुर चन्द, सचिब डिबी नेपाली लगाएतले आलोम्पिक डेको महत्व र सन्दर्भका बारेमा बोलेका थिए । सो अबसरमा भलिबलको गितमा सोसियल पव्लिकका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

हरेक वर्ष जुन २३ लाई अन्तराष्ट्रिय ओलोम्पिक कमिटीले आधुनिक खेलको सुरुवात भएको मान्दै त्यसको सम्मानमा ओलोम्पिक डे मनाउने प्रचलन रहि आएको छ । नेपालमा नेपाल ओलोम्पिक कमिटीले एक साता सम्म विभिन्न खेलहरुका आयोजना गरि यो दिवश मनाउने कार्यक्रम रहेको छ । नेपालमा शनिबार बाट औपचारिक रुपमा कायक्रम सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close