विश्व कपः रोनाल्डोको ह्याट्रिक, मोरोक्कोको आत्मघाती गोल

२ असार,
रसियामा जारी २१ औ विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बनेका छन । उनले स्पेन विरुद्धको खेलमा ह्याट्रिक पुरा गरेका थिए । यता स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरेका थिए ।

समूह बी मा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिए पछि शुक्रबार राति भएको खेलमा दुबै टिमले ३–३ गोल गरेर १–१ अंक बाँडेका छन ।

खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिए पनि त्यसको २० मिनेटमा नै स्पेनका लागि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ४४ औं मिनेटमा पुन रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–१ को अवस्थामा ल्याए ।
खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत पुनः दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ५८ औं मिनेटमा नाचोले थप एक गोल गर्दै स्पेनलाई ३–२ को अवस्थामा प्¥याएका थिए । तर खेलको अन्तिम मिनेटमा पोर्चुगललाई रोक्न नसक्दा स्पेन अंक बाँड्न बाध्य भएको थियो ।

शुक्रबार नै भएको समूह बी अन्तर्गतको इरान र मोरक्कोबीचको खेलमा मोरक्कोलाई १–० गोलले निराश बनाएको छ । विश्वकप इतिहासमा इरानले पहिलो चरणमा जित हासिल गर्न सफल भएको हो । मोरोक्कोका अजिज बुहादोजले इरानको फ्रिकिक लाई डि बक्स भित्र बाट हेड मार्फत क्लियर गर्न खोज्दा बलले गोलको दिशा समातेको थियो । आत्घाती गोल संगै इरानले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close