कास्की जिल्ला पांचौ खुल्ला स्नुकर प्रतियोगिता शुरु

कृष्ण अन्जान ज्ञवाली
पोखरा १ असार
कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको आयोजनामा पांचौ कास्की जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता २०७५ पोेखरामा आज देखि शुरु भएको छ । प्रतियोगिताको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम वहादुर रानाले उद्घाटन गरे ।

खेलको उदघाटन गर्दै प्रहरी प्रमुख रानाले खेलको माध्यम बाट खेलाडीले आफ्नो साथै देशको गौरव वढाउनु पर्ने वताए ।
उनले पुल हाउस प्रति समाजले हेर्ने दृष्टीकोणमा परिवर्तनका लागि यस प्रकारका प्रतियोगिताले सहयोग गर्ने वताए । उनले नियम सम्मत् काम गर्न सबैलाइ आग्रह गर्दै यदि कसैले नियम मिचेर काम गरे कारवाहि को भागिदार हुने समेत बताए ।

कार्यक्रममा छोरेपाटनका प्रहरी प्रमुख होत वहादुर रोकाया,समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु गुरुंङ, नागरिक समाजका राम बहादुर पौडेल ,सामुदायिक प्रहरीका विष्णु वहादुर भट्टराइ ,पत्रकार कृष्ण अन्जान,लगाएतले वोलेका थिए ।

आज देखि ८ गते सम्म पोखराका संघ संग आवद्ध विभिन्न क्लव हरुमा प्रतियोगिताको हुने स्नुकर तथा पुल संघका अध्यक्ष दिलीप साइले जानकारी दिएका छन ।

विलीयार्ड तथा स्नुकर खेललाइ व्यवसायिक रुपमा बिकास गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न सक्ने खेलाडि उत्पादन गर्न यो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाइ ५० द्वितिय हुनेलाइ २५ हजार र तृतिय हुनेलाइ १० हजार नगद शिल्ड प्रमाणपत्र प्रदान गरिने संघका सचिव सविन जिशिले जानकारी दिए ।

खेल सञ्चालनका लागि २ लाख सत्तरी हजार लाग्ने जानकारी दिइएको छ । २०७५ सालदेखि पोखरामा कास्की जिल्ला विलयिार्ड स्नुकर तथा पुल संघ दर्ता भइ यो खेलको विकासमा संघले आफुलाइ अगाडि वढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close