विश्व कपः यूरुग्येको इजिप्ट माथि १–० को जित

असार १ गते
समुह ए को अन्र्तगतको खेलमा यूरुग्येले इजिप्ट माथि १–० को गोलले जित निकाल्दै महत्वपूर्ण तिन अंक बटुलेको छ ।
खेलको ९० औ मिनटमा जोशे गिमिनेजले फ्रि किकलाई हेड मार्फत गोल गर्दै यूरुग्येले विश्वकपमा आफ्नो झण्डा गाडेको हो ।
इजिप्टले यस अघि संघर्षपूर्ण खेल खेल्दै खेलको ९० मिनेट सम्म यूरुग्येलाई रोकेको थियो । आफ्ना महत्वपूर्ण खेलाडी अहमद सलेहालाई बेञ्चमा राख्दै मैदानमा उत्रेको इजिप्ट पराजय पछि स्तव्ध बनेको छ ।

खेलमा इजिप्टका गोलरक्षक महमद् शेनावीको पर्दशन भने हेर्न लायक थियो । उनले यूरुग्येका धेरै प्रहारहरु विफल पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close