
३१ जेठ
विश्वकप २०१८ को उद्धघाटन खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५–० ले हराएको छ । रुसको जितमा परिवर्तित खेलाडी डेनिस चेरिशेभले दुई गोल गर्दै सहज जित तर्फ उनमुख गराएका थिए ।
पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिए । त्यस्तै पहिलो हाफको अन्त्य तिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता लाई दोब्बर पारे ।
त्यस्तै परिवर्तित खेलाडी आर्तेम जुबाले ७१ औं मिनेटमा गोल गर्दै रुसको जित सुनिश्चित गरेका थिए । खेलको अन्तिममा चेरिशेभले निकै आकर्षक गोल गर्दै स्कोर ४–० पारे भने फ्रिकिकमा अलेक्जान्डर गोलोभिनले गोल गर्दै साउदीलाई लज्जास्पद हार दिलाए ।