
पोखरा ३१ जेठ ।
पर्यटकीय शहर पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टमा फिफा विश्वकप २०१८ का सम्पूर्ण खेलहरु हेर्न पाइने भएको छ । रिसोर्टले फुटवल प्रेमीहरुलाई लक्षित गरी जेठ ३१ जुन १४ देखि जुलाई १५ असार ३१ सम्म हुने विश्वकपका सम्पूर्ण खेलहरु प्रोजेक्टरमार्फत ठूलो पर्दामा दुई स्थानमा देखाउने भएको छ ।
विश्वकपलाई लक्षित गरी रिसोर्टले वल्र्डकप अवधिभर हरेक सांझ ५ बजेदेखी राती खेल नसकिएसम्म सम्म हरेक मेनुमा विशेष छुट प्रदान गर्ने र सांझ ५ देखि राती खेल अवधिको समयलाई ह्याप्पी आवरका रुपमा सञ्चालन गर्ने रिसोर्टका अप्रेसन म्यानेजर टेक गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार रिसोर्टमा रहेको दुइ फरक ठाउमा प्रोजेक्टर मार्फत विश्वकपका खेलहरु देखाइनेछ । रिसोर्टमा देखाइने विश्वकपका खेलहरु एकैैै पटकमा दुई सय जनाले अवलोकन गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ । फिफा विश्वकपको पहिलो खेल आज सांझ ९ बजे ४५ मिनेटमा रसियाको मस्कोमा रसिया र साउदी अरेविया बिच हुने छ ।