लालीगुराँस र एचएचसीए च्याम्पियन

जेठ ३१ गते ।

आयोजक लालीगुराँस नेसनल एकेडेमी र एचएचसीएले चौथो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्समा च्याम्पियन बने ।

जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले महामञ्जुश्रीलाई ३७–३३ ले पराजित ग¥यो । लालीगुराँसको जितमा प्रिन्स केसीले १५ अंक योगदान गरे । ईडेन ब्रिज एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले ग्रिनल्यान्डलाई २६–२० ले हरायो । एचएचसीएकी अनिता सुनुवारले १५ अंक जाडिन् । महामञ्जुश्री तेश्रो भयो ।

ब्वाइजमा लालीगुराँसका दिपेश क्षेत्री तथा गल्र्समा एचएचसीएकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा बूढानीलकण्ठ तथा गल्र्समा फ्लोरोसेन्टले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, लालीगुराँसका चेयरम्यान लोकबहादुर पुन र प्रिन्सिपल गोपाल बुढाथोकीले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close