आज बाट विश्वकप

जेठ ३१
विश्वका फुटबल प्रेमीहरुको चार वर्षको पर्खाइलाई चिर्दै बिहिबार २१ औं संस्करणको विश्वकप २०१८ सुरु हुदैंछ । फुटबलकै ठूलो प्रतियोगिताको यो संस्करण मस्कोको लुझनिकी रंगशालामा राती नेपाली समय अनुसार पौने ९ बजे सुरु हुँदैछ । रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
२१ औं संस्करणमा पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, अर्जेन्टीना र फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिए पनि अन्य सहभागी राष्ट्रहरु विश्वकप आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गर्दैछन ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्रा्ष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । सांगीतिक कन्सर्ट कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले थप मनोरन्जन दिने छिन । दुई पटक विश्वकपको उपाधि पोल्टमा पार्न सफल ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहमा उपस्थित हुने भएका छन तर स्वास्थका कारण पेले भने त्यहाँ उपस्थित नहुने बताइएको छ ।
रुसको लुझनिकी, काजान एरिना, फिसत, निझनी नोभगोरोड, सामरा, रोस्तोभ अन डन, सेन्ट पिट्सबर्ग, स्पार्टक, इकाटेरिनबर्ग एरिना, मोर्डो्भिया एरिना, कालिनगार्ड र भोल्गोग्राड गरी विभिन्न ११ शहरका १२ रंगशालामा विश्वकपका ६४ खेल आयोजना हुनेछन ।
बिहिबारको उद्घाटन खेल आयोजक राष्ट्र रसिया र साउदी अरबिया बिच हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close