मुवाथाईमा सनी बने च्याम्पियन

जेठ ३० गते
नेपाल आर्मीका सनीसिंह सुनुवार प्रथम बज्र कराते प्रतियोगिताको पुरुष मिडिल वेटमा बुधबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको स्पर्धामा सनीले मुवाथाईका सन्देश मानन्धरलाई पराजित गरे ।

नेपाल क्योकुसिन कराते संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष फ्लाइ वेटमा मुवाथाईका सरोज तामाङले आर्मीका राजकुमार यादव तथा वेन्टम वेटमा केन्द्रीय डोजोका महेश भुजेलले आर्मीका प्रशान्त मगरलाई हराउदै शीर्ष स्थान हात पारे ।

पुरुष लाइट वेटअन्तर्गत विभिन्न स्पर्धामा भकुन्डेवेसीका ओमराज लामाले केन्द्रीय डोजोका किशोरवीर विक्रम शाही, आर्मीका मनोज थपलियाले मुवाथाईका अरुण कुशुवार तथा आर्मीका चोपबहादुर बुढाथोकीले मुवाथाईका विजय थापालाई पाखा लगाउदै पहिलो स्थान हात पारे । पुरुष वेल्टर वेटमा आर्मीका विकास गुरुङले मुवाथाईका रेगन श्रेष्ठलाई पन्छ्याउदै पहिलो बने ।

प्रत्येक स्पर्धाका विजेताले ५ हजार र उपविजेताले २ हजार ५ सय नगद पुरस्कार हात पारे । विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close