
जेठ ३० गते ।
लालीगुराँस र महामञ्जुश्री चौथो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले एन्जल्स हर्टलाई २०–१८ ले पराजित ग¥यो । लालीगुराँसका दिपेशले ८ अंक जोडे । महामञ्जुश्रीले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३८–१५ सहजै हरायो । विजेताका गोकुल भुजेलले १२ स्कोर गरे ।
सिनियर गल्र्समा ग्रिनल्यान्ड र ईबीए उपाधिका लागि भिड्ने छन् । ग्रिनल्यान्डले महामञ्जुश्रीलाई ३४–१४ ले पाखा लगायो । विजयी टिमका लागि प्रियंकाले १४ अंक जोडिन् । एचएचसीए विरुद्धको खेलमा ईबीए ४३–२० ले विजयी भयो । ईबीएकी अनिता सुनुवारले १५ स्कोर गरिन् । फाइनल बिहीबार हुनेछ ।