फिफा विश्वकप सुरु हुन २ दिन बाँकी

जेष्ठ २९
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २ दिन बाँकी छ । विश्वकप नजिकिएसँगै सहभागी ३२ टोलीहरु पनि आफ्नो तयारीलाई बिट मार्दै आयोजना स्थल रसियातर्फ प्रस्थान गर्न थालिसकेका छन् ।

बेल्जियमले अन्तिम तयारी खेलमा कोस्टारीकालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्यो । समूह ‘जी’ मा इंग्ल्यान्ड, ट्युनिसिया र पानामासँग रहेको बेल्जियम दोस्रो चरणमा पुग्ने सम्भावना प्रबल छ । डिफेन्डर टोबी एल्डरवेरल्डले गत सिजन टोटेनहम हट्स्परका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले क्लब फुटबलको उक्त लयलाई राष्ट्रिय टोलीमा पनि निरन्तरता दिने जमर्को गरेका छन् । उनीसँगै राष्ट्रिय टोलीका डिफेन्डर जान भर्टोन्घन पनि एकै क्लबबाट खेल्ने हुनाले पनि उनलाई केहि सहज हुनेछ ।

ब्राजिल पनि विश्वकपमा राम्रो प्रदर्शन गर्ने सुरमा छ । घरेलु मैदानमा पछिल्लोपटक आयोजित विश्वकपमा ब्राजिलले खराब अन्त्य पायो । सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएपछि ब्राजिलले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट पुनरागमन गरेको छ । त्यसबेला दोहोरो पहेंलो कार्डका कारण सेमिफाइनल खेल गुमाएका सिल्भा यसपटक उक्त गल्ति दोहोर्याउने पक्षमा हुने छैनन् । कम्तिमा फाइनल पुग्ने लक्ष्य राखेको ब्राजिलमा उनको भूमिका निकै महत्त्वपूर्ण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close