टेनिसका प्रिय बिनोद

पोखरा,
मन्द मुस्कान, नम्र बोली अनि मित्रतापूर्ण ब्यबहार उनको परिचय हो । बोल्दा कहिल्यै नर्झ्किने अनि मिठो मुस्कान सहित थोरै सोचेर दिने जवाफले जो कोहीलाई पनि लठ्याउँछ । पोखरेली टेनिस खेलको परिचय बोकेका उनी कठिन परिश्रमका परिचायक पनि हुन । उनी हुन बिनोद कायस्थ । पोखरा १२ रानीपौवा निवासी बिनोदको अर्को परिचय ब्यबसाय पनि हो । शिक्षा र स्वास्थ्यमा उनको लगानी छ । तर उनी ब्यबसायी भन्दा पनि खेलकर्मीको रुपमा सम्मानित र स्थापित छन ।

कास्कीको लन टेनिस संघको जिम्मेवारी पाए पछि यहाँको टेनिस खेल कायापलट नै भयो । टेनिस खेल्नका लागि चार तिर भांैतारिनु पर्ने अवस्थालाई उनले पोखरा रंगशालामा एकिकृत पारे । उनकै नेतृत्वमा पोखरा रंगशालामा ५ वटा क्ले कोर्टहरु निर्माण भए । अहिले पोखराको टेनिस खेलले वाही वाही पाएको छ । हिमाललाई अघि पछि पार्दे खेल्न पाइने विश्वको एक मात्र टेनिस कोर्ट पोखरा हो भन्ने स्थापित भएको छ । २०७१ साल देखि सुरु भएको अभियान अझै रोकिएको छैन । पाँच वटा कोर्ट तिन वर्षमा त पुरा भयो ।

भन्छन नि जहाँ इच्छा त्यहाँ उपाए ठिक त्यसै भइदियो उनको लागि टेनिस खेल । उनको त्यो नेतृत्व क्षमतालाई सबैले पत्याए । टेनिस खेल बिकासका लागि सबैलाई हौस्याए । आखिर उनको त्यो चहाना अब करिब करिब पुरा हुने अवस्थामा छ । धेरै झण्झट ब्योहोरे, धेरै हण्डर खाए तर विश्राम लिएनन । अनि पोखरामा कसैले कुन खेलको बिकास भएको छ ? त्यो पनि पूर्वाधार सहितको भन्ने कुरा उठ्दा सबैको मुखमा झुण्डिने एक मात्र खेल हो टेनिस अनि लिइने नाम हो बिनोद कायस्थ । १० वर्ष देखि कास्कीको टेनिस नेतृत्व सम्हालेका उनमा कत्ति पनि थकावट देखिंदैन ।

राज्यको एक रुपैंयाको लगानी बिना पनि असम्भव केही छैन भन्ने कुरा आज पोखराको टेनिस खेलको पूर्वाधार बिकास नै हो । त्यो पुरा गरेको छ कास्की लन टनिस संघले । कास्कीमा अहिले पनि ८१ वटा खेल जिल्ला खेलकुदमा दर्ता छन । प्राय खेलकुद संघहरुले चिरा पारेर रंगशलामा कित्ता काट पनि गरेका छन । तर निर्माण गर्ने कार्य भने हुन सकेको छैन । निर्माणका लागि सबैले राज्यको मुख ताकेका छन । तर टेनिसले कहिल्यै राज्यको मुख ताकेन तर उसले आफ्नो अभिलाषा पुरा ग¥यो । त्यो अभिलाषा पुरा गराउने बिनोद नै हुन ।

अहिले पनि आफ्नो ब्यवसायका सुनौला दिनहरु पन्छाएर प्राय उनी रंगशालाको टेनिस कोर्ट तिर भेटिन्छन । आफु मात्र खेल्दैनन कहिल्यै टेनिस नुबुझेकालाई पनि टेनिसको ¥याकेट थमाएर खेल्न हौसाउँछन । उनले पोखरामा टेनिस खेलको संस्कृतीलाई जरा बाटै मजबुत पार्न उद्धत छन । उनका ब्यबसायिक साथीहरुलाई टेनिस खेल प्रती डो¥याउनु पनि हो । साथै उनीहरुलाई कोर्ट निर्माण गर्न सहयोग गर्न प्रेरित गर्नुले पनि उनको त्यो नेतृत्वदायी क्षमतालाई उजागर गर्छ । अहिले पोखराका स्थापित खेलाडीहरु विदेशी भुमीमा प्रशिक्षकको भुमिकामा समेत छन । यसको देन बिनादे नै हुन ।

पोखरामा टेनिसका प्राययवाची बनेका बिनोद अब बाँकी जिवन पनि टेनिस खेलको बिकासमा बिताउने रहर छ । उनलाई टेनिस खेलमा डो¥याउन पृथ्वी नारायण क्याम्पसमा तत्कालिन क्याम्पस प्रमुख जर्ज जोनले निर्माण गरेको कोर्टले नै हो । जर्ज जोनका छोरा अनु जोन विद्यार्थीकालका सहपाठी भएकाले पनि क्याम्पसको कोर्ट सम्म उनी पुगे । त्यस बेला देखि यता उनको टेनिस यात्रा अहिले पनि उत्तिकै सक्रिय छ । खेलमा चिनिन कि त मेडल नै ल्याउनु पर्छ या त एक–कदम अगाडी बढेर समाजले सम्झिने लायक बिकास गर्नु पर्छ । उनी मेडल भन्दा पनि टेनिस खेल बिकासको खम्वाको रुपमा चिनिएका छन अनि सबै पोखरेलीहरुको मन मनमा बसेका छन । खेलकुदमा उनको मेहनत अनि परिश्रम पोखरेलीहरुको गर्व गर्ने थलो बनेको छ ।

अब उनको धोको पोखराको टेनिस खेल कोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु हो । उनले बोकेको त्यो सपना अब छिट्टै पुरा हुँदैछ । पोखरामा विदेशी स्तरका खेलाडी खेल्न आउन अनि हिमलको काख मुनी खेलुन । उनले हरेक दिन यहि कुरा सबैलाई सुनाउँछन । पोखरालाई विश्व मानचित्रमा टेनिस बाट चिनाउने रहर पक्कै पुरा हुनेछ किनभने उनी दृढ इच्छा शक्ति बोक्ने व्यक्तीत्व हुन । अब केही महिना पछि रंगशालामा दुई वटा कोर्ट थपिने वित्तिकै यसले वृहद रुप लिनेछ । अनि पोखरामा टेनिस खेल्नकै लागि विदेशीहरु आउनेछन ।

समाजमा गर्व गर्न लायक थोरैले आफ्नो परिचय बनाएका हुन्छन । उनीहरु सम्मान, नाम र पुरुस्कार भन्दा पनि समाज परिवर्तनका ढोका उर्घान चाहन्छन । बिनोद तिनीहरु मध्ये एक हुन भन्दा अतिशयुक्ति नहोला । उनको खेल प्रती झुकाव माया अनि सदभावमा सबैले इट्टा थप्न सके पक्कै पनि समाजले नयाँ पहिचान पाउँछ । पोखरामा खेलको बिकासका लागि केन्द्र धाउने चलन नभएको पनि होइन । राजधानी केन्द्रित छाँयामा परेका हरेक गतिविधी संगै टेनिसमा पनि नपरेको होइन । तर उनीहरु संगको लडाईमा बिनोदको बौद्धिकताले जितेको छ त्यसैले पनि आज पोखरामा टेनिस खेलको बिकास सम्भव भएको छ ।

नेपाली खेलकुदले बिनोद जस्तै थुप्रै बिनोद जन्माउन समय माग पनि छ । विश्वमा खेलकुद बिकासले सिमा रेखा पार गरिसक्दा पनि भर्खर यहाँ वामे सर्दैछ । काम भन्दा कुरा वढी अनि गर्न थाल्यो खुट्टा तान्ने प्रवितीले खेल बिकासमा अवरोध आएको छ । बिनोदको दृढ विश्वासले नै पोखराको टेनिसले नयाँ रुप फेर्ने सौभाग्य पाएको हो । पोखरा टेनिस युगको सुरुवाती चरणमा छ अव यसलाई बिनोद जस्तै अन्यहरुले पनि आत्मसाथ गर्दै अगाडी बढाउनु पर्ने आवश्यक्ता छ । टेनिस विरासतका पछाडी आफूलाई उभ्याउन उनका पछाडी थुप्रै हातहरु छन ।

टेनिस खेललाई आफ्नो परिवार भन्दा ठूलो ठान्ने बिनोदमा कत्ति घमण्ड छैन । आफूले जती गरे पनि कम ठान्ने उनको सोचले पोखरेलीलाई पनि टेनिस तर्फ डो¥याएको छ । कर्म गर फलको आशा नगर भन्ने गिताको महान उपदेश ठ्याक्कै बिनोद संग दाँज्न सकिन्छ । उनको कर्मको फलले उमारेको पोखराको टेनिस भौतिक पूर्वाधार निर्माणको कामले घाम जत्तिकै छर्लङ्ग पारेको छ । यहि कारणले पनि पोखराका खेलकुद कर्मी बिनोद सबैका प्रिय बन्न सफल भएका छन । अव तिन वटा बनाउन पाए अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिन्छ अनि पोखरालाई टेनिसको माध्यम बाट चिनाउन सकिन्छ, उनको धोको यत्ति छ । टेनिस खेलको बिकासमा जसरी बिनोद रमाएका छन उनको त्यो रमाउनु पछाडीको यात्रा जारी रहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close