“ खेलकुदमा मेरो आत्मीय सम्बन्ध छ”– प्रहरी उपरिक्षक अशोक सिंह

पोखरा,
‘सिंघम’ अर्थात अशोक सिंह । उनले त्यो अमिर खानको भूमिकाको चलचित्रको उपनाम त्यसै पाएका होइनन । उनको आँट, क्षमता र शाहसको कारणले पाएका हुन । समाज बिग्रानेहरुका विरुद्ध जाइ लाग्ने अशोक सिंह प्रहरीका उपरिक्षक भएर जिल्लाको शान्ति शुरक्षा मात्रै सम्हालेका छैनन उनको अर्को परिचय भनेको उनी खेलकर्मी हुन । खेलकुद भने पछि मरिहत्ते गर्छन उनी । मानौ उनको नशा–नशामा खेल दौडेको छ अनि खेलकुद जिबनको अभिन्न अंग हो ।
कास्की जस्तो संवेदनशिल जिल्लाको शुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न उनी जती कम्मर कसेर लागेका छन उत्तिनै उनी खेलकुदका विभिन्न क्षेत्रमा समेत सहभागीता जनाउछन । जुँगामा ताउ दिंदै अर्थात मुर्ठादै रहने उनको बानी जो कोही पनि छेउमा पर्न दकस मान्छन । तर उनको मिठो बोली, नम्र व्यवहार र छिट्टै जसलाइ पनि साथी बनाइ हाल्ने उनको खुबी प्रशंसनिय छ । उनी भन्छन– “मैलै खेलकुदमा पनि उत्तिकै पसिना बगाएको छु, त्यसैले पनि खेलकुद संग मेरो अत्मिय सम्बन्ध छ ।”
खेल आफ्नो नशा रहेको बताउनी प्रहरी उपरिक्षक सिंह लन टेनिसका राष्ट्रिय खेलाडी समेत रहि सकेका छन । उनको टेनिस यात्रा लामो छ । उनले सफ्ट टेनिस खेलमा देशको समेत प्रतिनिधित्व गर्दै ११ वटा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाएका छन । कैलाली जन्म थलो उनको क्रिकेटमा सेती अञ्चलका भरपर्दा खेलाडी थिए । सन १९९२ मा क्रिकेट खेल्न सुरु गरेका उनले १२ पटक राष्ट्रिय खेलमा सहभागिता जनाएका थिए । खेलकुदमा अर्को उनको परिचय भनेको तेकावन्दो पनि हो । उनले २०४५ सालमा व्लायकबेल्ट पाइसकेका छन ।
पोखराको जुवातास नियन्त्रण गर्नमा उन ठूलो देन छ । उनले यो नियन्त्रण गर्ने क्रममा कसैको सुनेनन एकहोरो लागिरहे । कास्की बाट जुवा तास निमिट्यान्नै पारे । जहाँ पुग्छन त्यहाँ फरक शैली र अपराध अनि समाजका अपराधिक विकृतीलाई च्याप्प समातेर जरै देखि उखेलेर फाल्ने उनको क्षमता प्रशंसा गर्न लायक छ । यि सवै गर्न उनलाई आफूभित्र रहेको खेलकुदका कारण नै हो भन्न उनी रुचाउँछन । “खेलले अनुशासन सिकायो, अझै प्रहरी सेवाले त्यसलाई मलजल ग¥यो, अनि आफुमा शाहस थपियो” उनले भने । “जागिर कै कारणले खेलकुदलाई धेरै पटक ब्रेक–अप गर्नु प¥यो” उनी भन्छन– “मेरा ति दिनहरु फेरी सम्झिन चाहन्न ।” अहिले पनि उनको खेल यात्रा कतै रोकिएको छैन । गल्फका समेत उत्कृष्ट खेलाडी उनी रंगशाला आउन खेल्नको लागि मात्र नभइ साथी भाइहरु संगको भेटघाट र आत्मियता बढाउन पनि हो ।
कास्कीको प्रहरी प्रमुख सम्हालेको केही दिनमा नै चोरी र जुवा तास नियन्त्रण सुरु गरेको उनको अभियान रेकिएको छैन । सायद प्रहरीको म्ख्य कक्र्तव्य भित्र पर्ने यो प्रमुख कुरा थियो समाजमा अमन चयन बनाउनु । उनले यो अभियान संगै पोखरेली खेलकर्मीहरु संग सामिप्य बढाएका छन । “प्रहरी सेवामा फुर्सद, भोक, थकाई भन्ने शव्दावली नै हुन्न” उपरिक्षक सिंह भन्छन “यि मध्ये बाट समय निकाल्ने प्रयास गर्छु ।” यसैले पनि उनी अहिले पनि टेनिसका प्रतियोगितामा सक्रिय सहभागिता जनाउँछन । उनको फुर्सद समय रंगशालाको टेनिस कोर्टमा विताउनु पनि हो । शरिर स्वस्थ र मष्तिस्क चुस्त राख्न पनि खेल आवश्यक छ उनी भन्छन ।
सेती अञ्चल बाट क्रिकेट खेल्दा ७ पटक राष्ट्रिय च्याम्पियन भएको कुरा उनी बिर्सन सक्दैनन । अध्ययनको शिलसिलामा शंकरदेव कलेज पढदा रंगशालामा सफ्ट टेनिसको तालिममा सहभागी भए । नशा–नशामा खेलकुद भरिएको उनलाई सफ्ट टेनिस सिक्न दुइ–तिन महिना मात्रै लाग्यो । अनि सफ्ट टेनिसको यात्रा रोकिएन । देशलाई समेत प्रतिनिधित्व गर्दै सन १९९४ मा जापानको एशियन खेलमा सहभागिता जनाए । अशोक सिंह जस्ता खेलाडी जन्मिएको कारणले पनि यति बेला कैलालीको धनगढी विशेष चर्चामा छ । धनगढी प्रिमियर लिगका कारण । “कुनै बेला क्रिकेटमा प्रयोग हुने कमसल खालका सामाग्री प्रयोग गर्न पाउँदा गर्व लाग्थ्यो, तर अहिले धेरै परिवर्तन आएको छ” उनी भन्छन “पहिला तालिम पाउन गाह«ो थियो, पूर्वाधार थिएन खेलाडीलाई ‘सरभाइभ’ गर्नै अप्ठ्यारो थियो तर अहिले राम्रो हुँदै गएको छ ।”
२०५१ सालमा प्रहरी सेवामा प्रहरी निरिक्षकमा प्रवेश गरेका उनले आफु जस्तो सुकै निर्णय गर्न पनि नहच्किने बताउँछन । “यो सबै ब्याक सर्पोट मलाई खेलकुदले नै दिएको हो ।” खेलकुदले आफूमा आत्मविश्वास जाग्ने बनाएकोले जस्तो सुकै परिवेशलाई फेस गर्न संधै तयार हुन सकेको बताउने उपरिक्षक सिंह खेलकुदले बनाइदिएको छवी आफैमा गर्व गर्न लायक भएको बताउँछन । ४९ वर्षिय उपरिक्षक सिंहलाई खेलकुदले सबैथोक दिएको छ । प्रगतीको पथमा लम्काएको पनि छ । हक्की स्वभाव र ठोस निर्णय गर्ने क्षमता उनको परिचय पनि हो । ”खेलेर के पाइन्छ ?“ भन्ने प्रश्न कसैलाई छ भने कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक सबैका लागि उदाहरण हुन र उनको सोझो उत्तर हुन्छ– “खेलेर के पाइदैन सबै पाइन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close