लालीगुराँसको विजयी सुरुआत

पोखरा २७ जेठ ।
आयोजक लालीगुराँस नेसनल एकेडेमीले चौथो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार विजयी सुरुआत गरेको छ । लालीगुराँसले ओडिसीलाई २४–१० ले पराजित ग¥यो ।
जुनियर ब्वाइजमै एन्जल्स हर्टले एचएचसीएलाई २४–१८, महामञ्जुश्रीले माउन्ट ग्लोरीलाई २३–१५, गोल्डेनपिकले बूढानीलकण्ठलाई २०–१०, हिमरश्मीले नवजीवन एजुकेसनल एकेडेमीलाई २४–१३ तथा ग्रिनल्यान्डले फ्लोरोसेन्टलाई १५–१० ले हराए ।
सिनियर गल्र्समा एचएचसीएले महामञ्जुश्रीलाई ३५–२०, इडेन ब्रिज एकेडेमीले आयोजक लालीगुराँसलाई १८–१०, बूढानीलकण्ठले फ्लोरोसन्टलाई १०–५ र ग्रिनल्यान्डले साइपाललाई २२–१० ले पन्छाए ।

भ्याली पब्लिकको दोहोरो जित
भ्याली पब्लिकले नवौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ । भ्याली पब्लिकले ब्वाइजमा पिपुल्स एकेडेमीलाई ३९–१६ तथा गल्र्समा श्रीदिवालाई २५–९ ले पराजित ग¥यो ।
ब्वाइजमा डाफोडिल पब्लिकले बाबालाई ४२–२९, नेरिकले आयोजक हिम्सलाई २८–१७, विल्सनले एचएचसीएलाई ४४–३४, डाफोडिल बोर्डिङले इस्ट पोललाई १३–८ तथा माउन्ट कैलाशले केब्सलाई २९–१२ र काठमाडौं भ्यालीलाई २२–४ ले हराए ।
गल्र्समा विल्सनले डाफोडिललाई १९–६, भद्रकालीले हिम्सलाई १०–४ र काठमाडौं भ्यालीले थ्री स्टारलाई १६–७ ले पन्छाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close