पोखरा २५, जेठ
पोखरा ट्रेल रेस सिरिजको तेश्रो संस्करण भोलि (शनिबार) पोखरामा हुने भएको छ । पोखरा ट्रेल रेस सिरिजको आयोजनामा पोखरा ट्रेल रेस अन्तर्गत शनिबार ७ किलोटिमर र २५ किलोमिटर दौड प्रतियोगिता हुने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
प्रतियोगितामा ६ जना विदेशी सहित करिब एक सय जनाको सभागिता हुने भएको आयोजकले जनाएको छ । शनिबार विहान ७ बजे पोखरा मालेपाटनको मनकामना मन्दिरबाट सुरु भई मेथ्लाङ, ग्यारजाती, कास्कीकोट, गुन्टेचौर, तोरीपानी, सराङकोट, रातोमाटो डाँडा हुदै मनकामना मन्दिर परिसरसम्म २५ किलोमिटर दौडको दुरी निर्धारण गरिएको पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले बताए । त्यसै गरी ७ किलोमिटर दौडको लागि भने मालेपाटन देखि मेथ्लाङ, ग्यारजाती, रातोडाँडा हुदै मनकामना मन्दिर परिसरसम्मको दुरी निर्धारण गरिएको उनले जनाए । २५ किलोमिटर दौडमा महिला तथा पुरुष खुल्ला र १८ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१८) महिला र पुरुष को विधामा उत्कृष्ट घोषणा गरिने भएको छ । त्यसै गरी ४० बर्ष माथि उमेर समुहलाई भेट्रान्सको विधा समेत समेटिको छ । त्यसै गरी ७ किलोमिटर महिला तथा पुरुष र १६ बर्ष मुनि खेलाडीहरु सहभागि (यु–१६) र ४० बर्ष माथि भेट्रान्स तर्फ खेलाडीहरुलाई पुरस्कृत गरिने भएको अध्यक्ष गुरुङले जनाए ।
२५ किलोमिटर दौंड खुल्ला महिला तथा पुरुष तर्फको विधामा विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ सय, १८ बर्ष मुनिका विजेता खेलाडीलाई ३ हजार दोस्रो हुनेलाई २ हजार र तेस्रो हुनेलाई १ हजार प्रदान गरिने भएको छ । प्रतियोगितको लागि विभिन्न स्थानमा चेकपोष्ट राखिने, दौडन नसक्नेलाई एम्वुलेन्सको सुविधा, बाटोमा पानी, चकलेट, फलफुल लगायतको सुविधा समेत तयार गरिएको आयोजकले जनाएको छ । ७ किलोमिटरमा विजेताले ३ हजार, उपविजेताले २ हजार र तेश्रो हुनेले एक हजार पाउने भएकाछन्। अन्य विधामा विजेताहरुलाई गिफ्ट प्रदान गरिने भएको छ । निर्धारित दुरी पार गर्ने खेलाडीहरुलाई मेडल प्रदान गरिने भएको छ । रेडबुल मुख्य प्रायोजक रहेको छ भने एन आईसी एसिया बैंक, सनराईज प्याराग्लाईडिङ कम्पनी, ट्याङकुलिटि स्पाः मिड टाउन सिनेमा सह–प्रायोजकमा रहेकाछन्। आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धन गरी हराउदै गएका पदमार्गको पहिचान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले बताए । २५ किलोमिटर दौड पुरा गर्ने धावकले आईटिआरए मान्यता एक अंक पाउने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार खर्च लाग्ने भएको छ ।