
पोखरा, २७ जेठ ।
बहुप्रतिक्षित पोखरा रंगशालाको निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ८ महिना पछि दोश्रो पटक बोलपत्र आह्वान गरेको छ । एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर बोलपत्र आह्वान गरिएको हो । परिषदले रंगशाला निर्माणका लागि पहिलो पटक २०७४ कात्र्तिक ७ गते सूचना प्रकाशित गरेको थियो ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गर्दै करिब ६ महिना अघि निकालिएको बोलपत्र आह्वानमा ६ वटा कम्पनीले विडिङ्ग गरे पनि एउटा कम्पनीको मात्र बोलपत्र स्विकृती भएको थियो । तर पछि त्यसलाई रद्ध गरिएको थियो । रंगशाला निमांणका लागि पोखरेलीहरुको चासो र दबाब बढ्दै गए पछि राष्ट्रिय खेलकुद परिषदले बोलपत्र आह्वान गरेको हो ।
१३ औं साग अबको ९ महिना पछि नेपालले आयोजना गर्दैछ । उक्त प्रतियोगिता मध्ये महिला फुटबल आयोजना गर्न पोखरामा गर्न लागिएको हो । करिब २२ हजार दर्शक क्षमता र सेन्थेटिक ट्रयाक सहित स्टेडियम निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ । रंगशाला निर्माण गर्न करिब १८ महिना अघि डिपिआर सम्पन्न भए पनि राष्ट्रिय खेलकुद परिषदको ढिला सुष्तिका कारण सबै कामहरु प्राय ठप्प जस्तो भएको थियो ।
रंगशाला निर्माणलाई गति दिन करिब ७ महिना अघि ४५ लाखको लागतमा जिर्ण स्टेडियम भत्काइए थियो । तर नयाँ निर्माणका लागि लामो समय सम्म पनि परिषदले चासो नदिंदा पोखरेली खेलप्रेमीहरु निराशा संगै आक्रोस बढदै गएको थियो । दोश्रो पटक खोलिएको बोलपत्र आह्वान २०७५ साउन ६ गते खोल्ने जनाइएको छ ।
दोश्रो पटक बोलपत्र अह्वान खेलिएपछि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले ढिलै भए पनि काम सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताए । पोखरा रंगशाला निर्माणका लागि करिब सवा अर्व रुपैयाँ खर्च गरिदै छ । तर रंगशाला समयमा सम्पन्न भएर १३ औं साग खेलका तयार हुन्छ भन्ने कुरामा भने शंका नै छ ।