
पोखरा, २७ जेठ
प्रदेश ४ सामाजिक बिकास मन्त्रि नर देवी पुनले प्रदेश ४ महिला ह्याण्डबल टोलीलाई सम्मान गरेकी छन । शनिबार मन्त्रालयमा आयोजित कार्यक्रममा टोलीलाई बधाई दिएकी हुन ।
यहि जेठ १६ देखि १८ गते सम्म धनुषामा आयोजित प्रदेश स्तरिय महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा प्रदेश ४ ले तेश्रो स्थान हासिल गरेको थियो ।
सो अवसरमा मन्त्रि पुनले खेलाडी तथा प्रशिक्षकलाई खादा लगाएर सम्मान एवम बधाई ज्ञापन गर्दै प्रदेश सरकार खेलकुदको बिकासमा प्रतिवद्ध भएको बताइन ।
सो अवसरमा प्रदेश ४ का सांसद एवम नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी, नेपाल ह्याडबल संघका अध्यक्ष तेज गुरुङको उपस्थिती रहेको थियो । सो अवसरमा अध्यक्ष गुरुङले नेपालमा ह्याण्डबल खेलको बिकास बारे प्रकाश पारेका थिए ।