भोको पेटमा रमाउँदै उपाधीका लागि भिड्दैछन बक्सिङका सबिन गुरुङ

केशब पाठक
पोखरा, ८ चैत ।
नेपाली खेलाडीको दर्दनाक जिबनमा आफूलाई खेलका साथै समाज रुपान्तरणका लागि उभ्याउन खोज्ने मध्येका एक हुन बक्सिङका सबिन गुरुङ । उमेरले भर्खरै २४ टेकेका छन उनले । ६९ केजी तर्फ वेल्टर वेटमा गण्डकी प्रदेशका बक्सिङ खेलाडी शबिन खेल संगै आफ्नो बोली पनि उत्तिकै मिठो र तर्कशिल छन उनी ।

आमा बन माया र बुवा इन्द्र बहादुर गुरुङका कान्छा छोरा सबिन राइनाशकोट ९ लमजुङका हुन । सविनको बक्सिङ खेलको यात्रा भने कक्षा ११ पढ्दै गर्दा सुरु भयो । एसएलसी पास गरेर चितवनको बालकुमारी पढ्दै गरेका उनले मार्शलआट बाट केही गर्न सकिन्छ भन्ने लाग्यो । उनी भौतारिदैं गर्दा बक्सिङका प्रशिक्षक अजित कुमाल संग भेट भयो । अजितले नै उनलाई बक्सिङ तर्फ डोर्याए । उनले नवलपुरका दल बहादुर राना मगर संग पनि प्रशिक्षण लिए ।

गरिबीले पढाई टुट्यो । उनी खेल संगै जिबनको जोहो गनेै ध्याउन्नमा पोखरा छिरे । ६ वर्ष भयो उनी पोखरा भास्सिएको । उनी अहिले पोखरामा बरिष्ठ बक्सिङ प्रशिक्षक शुरेस मल्ल संग प्रशिक्षण लिइरहेका छन । उनको खाली समय पर्यटक गाइडको रुपमा बित्छ । धेरै पटक पर्यटकको भारी बोकेर उकाली ओराली गरेका छन । ‘१५/२० दिन जती पर्यटकलाई घुमायो बचत भएको रकम बैनीको पढाई खर्च र कोठा भाडा अनि आफ्नै खर्चमा सकिन्छ’ उनी भन्छन–‘गाउँमा विरामी बा आमाको खर्च पनि धान्नै पर्यो’ उनको पिडा यतिमा सिमित भने छैन । साउदीमा रहेका दाईले पठाएको खर्च पनि त्यती पुग्दैन ।

सबिनले पोखरा आएपछि लेकसाइडको एक रेष्टुरेन्टमा ४ हजार ५ सयको जागिर पनि गरे । अपमानित महशुस नभएको पनि होइन उनलाई । बाउन्सरको जागिर पनि खाए । रातीको ड्युटी चुरोटको धुँवा र अनिद्राले उनलाई समस्या भयो । तर खेल तिर्खादै जिवन जिउनु थियो । पछि ट्रेकिङ पोर्टर बने केही राहत पाए । राउन्ड अन्नपूर्ण, अन्नपूर्ण बेश क्याम्प, मर्दी हिमाल उनका लागि नौला छैनन । कहिले भारी बोकेर कहिले गाइड बनेर उनी त्यतै हुन्छन । तर खेलको समयमा भने उनी पोखरामा नै व्यस्त रहेका हुन्छन ।

बक्सिङ सङै उनले अल्ट्रा धावकका रुपमा सबिन परिचित छन । उनले धेरै छोटो र लामो दुरिको अल्ट्रा म्याराथनमा सहभागिता जनाएका छन । तर उनको यो शोख मात्रै भएको बताउँछन । अन्नपूर्ण म्याराथनमा पनि सहभागिता जनाएको उनले बताए । गण्डकी प्रदेश र कास्की जिल्लाको प्रतिनिधित्व गर्दै सातौ राष्ट्रिय र अन्य प्रदेश तथा क्षेत्रियस्तरका प्रतियोगितामा सहभागि भएका छन । क्षेत्रियस्तरमा गोल्ड मेडल ल्याएका छन उनले तर राष्ट्रियस्तरमा भने विभागिय खेलाडी संग जहिले पनि पराजित हुनु पर्दा मन खिन्न हुन्छ उनको । उनी आफ्नो वेट क्याटोगरीमा कास्कीका एक्ला बक्सिङ खेलाडी समेत हुन ।

‘विभागिय खेलाडीहरु दैनिक ३ घन्टा प्रशिक्षण लिन्छन, डाइट पनि त्यही अनुसारको हुन्छ’ सबिन भन्छन–‘हाम्रो खानाको नै ठेगान हुँदेन डाइट त टाढाको कुरा ।’ अहिले उनी गण्डकी प्रदेश बाट ८ औं राष्ट्रियका लागि छनौटमा परेका छन । पोखरा रंगशालामा दैनिक नियमित ३ घन्टा प्रशिक्षण लिइरहेका छन । ‘खेलमा फोकश गरेको छु यो पटक कुनै हालतमा पनि पदक ल्याउने सोच छु तर बन्द प्रशिक्षण नहुँदा पकेटको खर्च गरेर प्रशिक्षण लिन जाने स्थिती पनि छैन’ उनको दुखेसो छ । हुन पनि राष्ट्रिय खेलको टुँगो लागेको छैन न त बन्द प्रशिक्षणको जसका कारण सबिन जस्तै धेरै खेलाडी अन्यौलमा नै छन । तर पनि भोको पेटमा रमाउँदै उपाधीका लागि आफू भिड्न आफू सक्षम रहेको उनको भनाई छ ।

बक्सिङ रिङ र ग्लोभ्सलाई आफ्नो जिवनको अमुल्य बस्तु ठान्ने सबिन बक्सिङ त्याग्नै नसक्ने बताउँछन । ‘म जे जस्तो अवस्थामा खेलमा आए पनि भावी पिडीलाई भने यस्तो नहोस उनको कामना गर्छन ।’ पोखरामा रहँदा सहयोग गर्ने चन्द्र गुरुङ, शम्सेर गुरुङ, हस्त गुरुङ, सन्तोष कार्की, सूर्य थापा, सुमन श्रेष्ठ, बुल्स मेन क्लब, पावर जिम लगाएत अन्य साथीभाई र संघ–संस्थालाई उनी आफ्नो जिवनमा कहिल्यै बिर्सन नसक्ने बताए । यिनीहरुकै कारण आफ्नो खेल जिवनका अगाडी बढेको उनी बताउँछन ।

‘गाउमा नै ढिडो खाएर हुर्केको म’ सबिन भन्छन–‘खेल बाट समाज परिवर्तन गर्न सकिन्छ की भन्ने सोचमा पनि छु ।’ ‘गाउँमा की लाहुरे बन्नु पर्ने बाध्यता की त हलो जोतेर जिवन निर्वाह गर्नु पर्ने ।’ गरिबी र अशिक्षाले गाउँका यूबाहरुको मन भाडिएको र अनाहकमा जाँड रक्सी पिएर हो हल्ला गर्ने पिटापिट गर्न पनि नरोकिएको उनी बताउँछन । ‘म लमजुङमा बक्सिङको प्रशिक्षक बनेर ति यूबा हरुलाई खेल तर्फ आर्कषित गराउन चाहन्छु कम्तिमा पनि खेल बाट उनीहरुले केही गर्न सकुन’ भविष्यको योजना सुनाउन उनी चुक्दैनन ।

नेपाली खेलाडीहरुको पिडादायक अवस्था के छ भन्ने बारे सबिन जस्ता खेलाडीलाई हेर्यो भने काफी हुन्छ । खेलकुदलाई सर्वोपरि ठानेर आफूलाई समाजमा उभ्याउन खोज्ने सबिन जस्ता खेलाडीलाई राज्यले के ब्यवस्था गर्छ त्यो भने अझै गर्भमा नै छ । २१ औं शताब्दीको खेलकुदले लामो फड्को मारेको छ । तर सबिन जस्ता नेपाली खेलाडी भोको पेटमा आफूलाई निर्खान तल्लिन छन । न त सुविधा छ न त खेल सामाग्री । न भनेको बेला जुत्ता किन्न गोजीमा पैसा हुन्छ न त पसिनाले निर्थुक्क भएको बेला रुमाल किन्न न त भोकाएको बेला मिठो संग एक छाक खान । तर पनि खेलकुद धानिएको छ । चलेकै छ । कता बाट चलेको छ त्यो भने अन्यौल नै छ । सबिन जस्ता खेलाडीहरुले भोको पेटमा रमाउँदै खेलेर भए पनि खेलकुद धानिदिएकै छन । नेताहरुलाई गफ चुट्ने मेसो बनिरहेकै छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close