खेलकुदको महाकुम्भ ओलम्पिक एक वर्ष पछि सर्यो

पोखरा, विश्वभर फैलिएको कोरोना (कोभिड १९) का कारण विश्व खेलकुदको महाकुम्भका रुपमा रहेको ओलम्पिक एक वर्ष पछि धकेलिएको छ ।

जापानको टोकियोमा यहि २०२० जुलाई र अगष्टमा तोकिएको ओलम्पिक खेलकुद रोकिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र जापान सरकार विच भएको सहमती अनुसार एक वर्ष पछि सार्न सहमत भएका हुन । यो संगै पारा ओलम्पिक समेत एक वर्ष पछि सरेको छ ।

ओलम्पिकका लागि जापान सरकारले आफ्नो तर्फ बाट तयारी गरिरहेपनि विश्वका १९० देशमा महामारीका रुपमा फैलिएको कोरोनाका कारण ओलम्पिक सरेको हो । तिन दिन अघि मात्रै ओलम्पिक आयोजना बारे के गर्ने भन्ने बारे आइओसीले चार हप्ता पछि निर्णय लिने कुरा भइरहेको भए पनि कोरोनाले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिए पछि आइओसी र जापान सरकार ओलम्पिक सार्ने निधोमा पुगेका हुन ।

नेपालले आफ्नो तर्फ बाट केही खेलमा ओलम्पिकका लागि तयारी गरिरहेको बताएको थियो । ओलम्पिकमा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउनका लागि तोकिएका छनौट खेलहरु पनि रद्ध भएका छन ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिब निलेन्द्रराज श्रेष्ठले धेरै देशले यसको विरोध भन्दा पनि यो संकटको घडीमा सार्न पर्छ भन्नेनै रहेको बताए । उनले भने–“कोरोनको सक्रमण जुन रुपमा फैलियो, धेरै देशहरु शुरक्षित रहन लक डाउनको स्थितीमा छन” उनले थपे–“आइओसीका प्रेसिडेन्ट थमस बाख र जापानका प्रधानमन्त्री सिन्जो आबेको विच यो विषयमा गम्भिर छलफल समेत भएको  छ ।”

ओलम्पिक एक वर्ष सार्ने भनिएपनि मिती भने तय नभएको महासचिब श्रेष्ठले बताए । आइओसी र जापान सरकार ओलम्पिक खेल सन २०२१ को समरमा गर्ने सहमती जनाएको उनले जानकारी दिए ।

ओलम्पिकमा नेपालको सहभागिताका विषयमा केही दिन अघि नेपाल स्थित जापानी राजदुताबासका काउन्सिलर संग पनि युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको बताउँदै महासचिब श्रेष्ठले काउन्सिलर संग खेलाडीको स्वास्थ्य शुरक्षाका विषयमा सोधेको बताए । खेल भन्दा पनि जिवन र स्वास्थ्य महत्वपुर्ण विषय रहेकोले यो बेला शुरक्षित रहन आग्रह गर्दै ओलम्पिक एक वर्ष पछि सर्ने भएकोले नेपालले आफ्नो तयारीमा ध्यान दिने उनको भनाई थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close