राज्यको सम्पतीमा दोहनः पोखरा रंगशालामा अलपत्र क्रिकेटका सामाग्री

पोखरा, नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको पनि ४ महिना वित्न लाग्यो । नेपालले एतिहासिक सफलता पायो । सबै खुसी भए आयोजक पनि खेलाडी पनि प्रशिक्षक पनि अनि खेलकुदमा अभिरुची राख्ने पनि ।

ज्व खुसी यति खेर बेखुसीमा बदलिन्छ राज्यको सम्पती माथी दोहन हुन्छ । सागमा आवश्यक्ता थियो । अन्तर्राष्ट्रिय मापदण्डको लागि पनि । तर आवश्यकताका लागि खरिद भएका लाखौं रुपैया पर्ने सामाग्रीहरु वेबारिसे छोडिन्छ । यस्तो लाग्छ अब कुनै काम नै छैन । चाहियो भने फेरि माग गरे भइहाल्यो । आइहाल्छ । राज्यको सम्पती यसरीनै दोहन भइरहन्छ ।

कुरा हो पोखरा स्थित क्रिकेट रंगशालाको । साग अन्तरगत पोखरामा महिला क्रिकेट पनि आयोजना भयो । मैदानका लागि आवश्यक सामाग्री राष्ट्रिय खेलकुद परिषदले खरिद गर्यो । ग्रास कटर, रोलर, पिच छोप्ने पाल लगाएत सामाग्री । तर साग सकिएको ४ महिना वितिसक्दा पनि ति सामाग्री मैदानमा नै अलपत्र छन भने ५ लाख खर्च गरेर निर्माण गरिएको साइड स्क्रिन पनि हावाले मैदानमा भुँइमा लडाएको अवस्थामा छ ।

यसो भन्छन कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष जिम्मी

एउटै ग्रास कटरको मुल्य २ लाख जती पर्छ । पिच रोलर पहिलो पटक पोखरा रंगशालामा ल्याइएको हो । त्यसको मुल्य करिब १२ लाख जती पर्छ । अलपत्र मैदानमा छाडिएको ग्रास कटर २ थान छन भने पिचको ग्रास कटर २ थान छन । त्यसै गरि रोलर १ थान छ । पिच ढाक्न ल्याईएको प्लाष्टिक काम नलाग्ने छ । खरिद गर्दानै डुप्लिेकेट खरिद भएको रहेछ । साइड स्क्रिन भुईमा लडेर अलपत्र छ ।

खेलकुदमा गफ भने ठुला हुन्छन । खेलकुदका सामाग्री नपाए सम्म दोषारोपण गरिन्छ । जव सामाग्री आउँछ राम्रो संग थन्काउने ठाउँनै हुन्न । सामाग्री लाई शुरक्षित तरिकाले राख्न २/४ लाख खर्च गरेर कटेरो समेत बनाउन सक्दैनन । यस्तो रोग पोखरामा मात्रै होइन काठमाडौ र अन्य ठाउँमा समेत छ । ४ महिना सम्म खुल्ला ठाउँमा राख्दा फलाम जन्य बस्तुमा खिया पर्नु स्वाभाविक नै हो । राज्यको सम्पती शुरक्षा गर्न कुन निकाय आएर भन्नु पर्ने हो सुझाव दिनु पर्ने हो त्यो भन्न सकिने अवस्थामा छैन ।

सागमा आएका सामाग्री राख्ने ठाउँको अभाव भएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ बताउँछन । “हामीले त भनेका भने छौं तर सामग्री त्यतिकै अलपत्र राख्नु परेको छ” उनले गुनासो पोखे । रंगशालाको सम्पती बाहिर लैजान पनि नहुने र पटक पटक मैदानमा चाहिने हुनाले पनि यि सामाग्रीको संरक्षण अभाव खटकिएको उनले बताए । उनले भने–“सामान त मैदान मर्मत गर्दा यही आवश्यक पर्छ, राख्न शुरक्षित ठाउँ बनाउन पाए राम्रो हुन्थ्यो ।”

यती बेला पोखरा रंगशाला नवौ राष्ट्रिय खेलकुदको तयारीमा छ । पोखरा रंगशालाको पुर्वाधारको लागि समेत युवा तथा खेलकुद मन्त्रालय मार्फत राखेपले ३ करोड बजेट विनियोजन गरिसकेको छ । स्वय मन्त्री जगत बहादुर विश्वकर्माले यो क्रिकेट रंगशालालाई आधुनिक बनाउने भन्दै रकम निकासाका लागि पहल गरेका थिए । तर राखेपले टेण्डर निकालेको छैन । कहिले र कसरी काम सुरु हुने विषयमा स्वय कास्की जिल्ला क्रिकेट संघ समेत अन्यौलमा छ ।
तस्विरः सुदर्शन रञ्जित

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close