पलायनको दिशामा एन्फा

केशव पाठक/पोखरा,
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रदेश होस वा जिल्लामा सम्पन्न प्रतियोगितामा घोषित पुरस्कार नदिने रोगले ग्रस्त बनेको छ । त्यो रोग कास्की एन्फा र फैलदैं प्रदेश एन्फामा समेत पसेको हो ।

जुन संस्थाले मुलुकको फुटबल हाँक्छ त्यही संस्था प्रतियोगिता सम्पन्न भएको लामो समय सम्म पनि पुरस्कार रकम नदिंदा विजेता टिम तथा खेलाडीलाई फुटबल प्रति मोह भङ्ग हुनु स्वाभिाविक नै हो ।

‘चेन्ज एन्फा’ को नारा शंखघोष गर्दै कर्मा छिरिङ शेर्पाले एन्फाको बागडोर सम्हालेको पनि २ वर्ष वित्न लाग्यो । आफ्ना मातहातका जिल्ला र प्रदेशले के गर्दैछन भन्ने हेक्का राम्रै संग उनले राख्नु पर्ने हो । तर उनी यति बेला नुन खाएको कुखुरा जस्तो भएका छन ।

एन्फा कास्कीले सञ्चलान गरेको मनकामना कपमा विजेता टिमले एक वर्ष पछि बल्ल तल्ल पुरस्कार रकम पाए । यता मुख्यमन्ञी कप गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिताको विजेताले रकम नपाएको पनि दुई महिना कटि सक्यो । एन्फाले मुख्यमन्त्रीको पदको दुरपयोग मात्रै गरेन अपहेलित पनि गरेको छ ।

केन्द्रिय एन्फा आफ्ना मातहातका एन्फालाई न कार्वाही गर्छ न त कुनै सुझावनै दिन्छ । त्यसैले पनि जिल्ला र प्रदेशका एन्फाहरु यति बेला यिनीहरु दाम्लो छिनेका साँढे जस्तै भएका छन । यिनीहरुको गैर जिम्मेवारपनले सिङ्गो फुटबललाई धक्का पुगेको छ । जव पुरस्कार दिननै सकिन्न भने किन घोषणा गर्नु अनि किन प्रतियोगिता आयोजना गर्नु ?

एउटा खेलाडीको चाहना आफूले जितेको रकम पाउनु हो । खेलकुदमा लामो समय देखिको परिश्रम पुरस्कार बाट आफ्नो परिवार, समाज र साथी भाई संग बाँडनु पनि हो । समाजमा खेलकर्मी भएर बाँच्न सकिन्छ सन्देश पनि दिनु हो । उ समाजको ‘रोल मोडल’ बन्नु पनि हो । उसलाई देखेर नयाँ खेलाडीले पछ्याउनु पनि हो । तर पुरस्कार रकमनै हात नपर्दा उसले देखेका सपना तुहिए भने जिम्मेवार को ?

केन्द्रिय एन्फा आफैले गठन गरेको प्रदेश एन्फालाई वाइपास गर्छ । आफैले छानेको अध्यक्ष प्रती विश्वास नै नगरी केन्द्रिय उपाध्यक्षलाई प्रतियोगिताको जिम्मेवारी दिइन्छ । आर्थिक अनियमितताको आरोप खेप्नेलाई कोषको जिम्मेवारी थमाइन्छ । छानबिन गर्न बनाइएको समिती कानमा तेल हालेर सुतेकोछ । नाम मात्रको । एन्फामा विचलन छ ।

आफैले उप्काएको नारा यति बेला बोक्नु न छोड्नुको स्थितीमा छ । फुटबलमा केही गर्न खोज्ने क्लव होस वा प्रशिक्षक पाखा लगाइन्छ । एन्फा यति बेला नामधारी मात्रै भएको छ । कमाउ खाउ र मोज गरको स्थितीमा डुबुल्की मारेको छ । चेन्ज एन्फाका लागि नभई पलायनको दिशामा छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close