गण्डकी प्रदेश क्रिकेट लिगः बाग्लुङसंग कास्की ‘बि’ ८ विकेटले पराजित

पोखरा, पोखरामा जारी गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगितामा बाग्लुङले कास्की ‘बि’लाई ८ विकेटले पराजित गरेको छ ।

पोखरा क्रिकेट एकेडेमिको आयोजनामा शुक्रबार भएको खेलमा टस जितेर व्याटिङ्ग गरेको कास्कीले ३६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो । कास्कीको तर्फबाट सफल श्रेष्ठले ५ चौका प्रहार गर्दै ३० रन बनाए भने आकाश सर्माले पनि ५ चौकाकै मद्धतमा २२ रन जोडे । सुदिप भट्टराईले अभिजित १८ रन बनाएका थिए ।

बाग्लुङ्गको वलिङमा प्रशान्त सापकोटाले ४, सुवास भण्डारी र पुष्कल गौडेलले समान २–२ तथा रोहित कँडेल र सचिन अधिकारील पनि समान १–१ विकेट लिए ।

जितका लागि १ सय ११ रनको लक्ष्य सहित मैदान उत्रिएको बाग्लुङले २ विकेटको क्षतिमा मात्रै २०.३ ओभरमा लक्ष्य भेट्यायो । बाग्लुङको जितमा सचिन अधिकारीले अभिजित ३९ तथा बुद्धिबहादुर थापाले अभिजित ३७ रन बनाए । कास्कीको बलिङमा सुदिप भट्टराई र दर्पण डाँगिले १–१ विकेट लिए ।

खेलमा बाग्लुङ्गका प्रशान्त सापकोटा म्यान अफ द म्याच भए । प्रतियोगिता संयोजक चन्द्रबहादुर गुरुङ्ग जिम्मीले उनलाई म्यान अफ द म्याच ट्रफि प्रदान गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close